काठमाडौं । खाली सडकमा खेलीरहेकी बालिकालाई कारले ठक्कर दिँदा ज्यान गएको छ ।काठमाडौंको टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी पवित्रा बयलकोटीको मृत्यु भएको हो ।
Advertisement
आइतबार दिउँसो कारले ठक्करबाट गम्भीरु घाइते भएकी बालिकाको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका सडमा खेल्दै गर्दा कारले ठक्कर दिएको स्थानीयले बताएका छन् ।
बालिकालाई ठक्कर दिने कार र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।