बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा श्रद्धाञ्ज्ली सभा सम्पन्न भएको छ । राजमो बागलुङका जिल्ला सदस्य पदम श्रेष्ठकी ममतामयी आमा बिजुमाया श्रेष्ठको स्मरणमा २०७७ कार्तिक ६ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
Advertisement
श्रद्धाञ्जली कार्यक्रममा राजमो बागलुङका अध्यक्ष अमरबहादुर थापा, उपाध्यक्ष धर्मबहादुर कुँवर, जिल्ला सदस्य विष्णु बस्नेत, जिल्ला सल्लाहकार टङ्कबहादुर केसी र वेदीलाल सापकोटा, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाललगायतले शोकमन्तव्य व्यक्त गर्नुभएको थियो ।
गलकोट नगरपालिका–३ हटिया बजार निवासी राजमो जिल्ला सदस्य पदम श्रेष्ठकी आमा विजुमाया श्रेष्ठको ८१ वर्षको उमेरमा गत कार्तिक २ गते निधन भएको थियो ।