नवराज पौडेल, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा बुद्वभूमि नगरपालिकाको आयोजनामा जीवकला खनाल प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा न.१ निवासी राजमोका जिल्ला सल्लाकार तथा अखिल नेपाल किसान महासंघ कपिलवस्तुका जिल्ला सदस्य विष्णु खनालकी ९८ वर्षीया आमा जीवकला खनालको निधन भएको ९ औं दिनमा शोकशभाको आयोजना गरिएको हो ।
लोकमणी खनालको अध्यक्षतामा भएको शोक सभामा राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) केन्द्रीय सदस्य केरसिंह अदैले स्वर्गीय खनालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
यस्तै, राजमो बुद्धभूमि नगर समितिका अध्यक्ष गणेश खनाल, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष नर बहादुर पुन, अखिल नेपाल महिला संघकी जिल्ला सल्लाहाकार मिना केसी, अखिल नेपाल किसान महासंघ कपिलवस्तुका अध्यक्ष मुक्ति राम न्यौपानेलगायतले खनाल प्रति सद्वाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।
सभामा पार्टी प्रति उहाँको व्यवहार, र जिवनीका बारेमा समेत प्रकाश पारिएको राजमो कपिलवस्तुले जनाएको छ ।रामप्रसाद बेल्बासेको सञ्चालनमा शभा सम्पन्न भएको थियो ।

