काठमाडौँ । ओखलढुङ्गामा पोखरीमा डुबेर २२ बाँदर मरेका छन् । सिद्धिचरण नगरपालिका–५ मा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर बिहीबार ती बाँदरहरू मरेका हुन् ।
Advertisement
पोखरीमा ३४ वटा बाँदर डुबेका थिए । १२ वटा बाँदरको स्थानीयले उद्धार गरेका छन् । पोखरीमा बाँदरहरु फँसेको स्थानीयले थाहा पाएपछि बाँस राखेर निकालेका थिए ।
मरेका बाँदरहरूको पछि वन डिभिजन कार्यालय ओखलढुङ्गाको टोलीले मुचुल्का उठाएर खाल्डोमा पुरिदिएको छ ।
अरू बेला पनि बाँदरहरू पानी पिउन जाने गरेकोमा पोखरीमा पानी कम भएकाले बाहिर निस्कन नसकेर डुबेका स्थानीयले जनाएका छन् ।

