काठमाडौं । नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक रामचन्द्र लामिछानेले करिब ८७ लाख रुपैयाँ हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
Advertisement
स्टोरकिपर लामिछानेविरुद्ध ८६ लाख ८८ हजार १३२ रुपैयाँ ९१ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको डिस्मेन्टल ब्याट्रीको लिलामका क्रममा अनियमितता गरेको अख्तियारको ठहर छ ।
भ्रष्टाचार निवारण ऐनबमोजिम बिगो रकम लामिछानेबाट असुल उपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।