काठमाडौं । काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट बैंकका सुरक्षा गार्ड रुद्रबहादुर गुरुङ घाइते भएका छन्।
Advertisement
बैंकमा भिडभाड भएपछि लाइन मिलाउने क्रममा विवाद हुँदा एक ग्राहकले नै सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते सुरक्षा गार्डको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । आक्रमणकारीको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।