• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • १०. आदर्शको पहाड

यसरी तुहियो कर्णालीका मुख्यमन्त्री शाहीलाई हटाउने योजना


  •   बुधबार, असोज २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै एक पक्षको योजना भागबण्डापछि तुहिएको छ । पूर्व एमाले एकजुट भएर मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन बुनेको योजना प्रचण्ड र नेपाल पक्षका नेताहरुबीच भागबण्डा मिलेपछि तत्कालका लागि टरेको हो ।

    Advertisement

    मुख्यमन्त्री शाहीविरुद्ध पूर्व एमाले समूह एक ढिक्का भएर अविश्वासको प्रस्ताव अघि सारिएपनि माधव नेपाल समूहलाई प्रचण्ड पक्षले संसदमा सचेतक र केही मन्त्री दिएर आफ्नो पक्षमा पार्न सफल भएपछि ओली समूह एक्लिएको हो ।

    कर्णाली प्रदेशका ४० सांसद मध्ये तत्कालीन एमालेले २० सिट जितेको थियो जसमा माधव नेपाल पक्षधर ७ जना छन् । माओवादीले १३ सिट जितेको थियो । माधव नेपाल पक्षधर प्रचण्ड पक्षसँग मिल्न जाँदा मुख्यमन्त्री शाहीको पक्षमा पुनः बहुमत पुगेको छ ।

    आइतबार पूर्व एमाले नेता यमलाल कँडेल लगायत १८ सदस्यले मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावका लागि हस्ताक्षर जुटाएर प्रस्ताव नै दर्ता गरेका थिए । जसमा ओली समूहका ८, नेता नेपाल समूहका ७ र पूर्व माओवादी केन्द्रकै ३ सांसदले हस्ताक्षर गरेका थिए । त्यसपछि शाहीले केन्द्रमा प्रचण्ड र माधव नेपाललाई गुहारेका थिए । यसबीचमा सक्रिय भएका प्रचण्डले माधव नेपालसँग छलफल गरी भागबण्डा मिलाएका हुन् ।

    त्यस लगत्तै शाहीले सोमबार मुख्य सचेतक गुलावजंग शाहलाई हटाएर उनको ठाउँमा प्रमुख सचेतकमा सीता नेपालीलाई नियुक्ति गरे । त्यसको भोलिपल्ट अर्थात मंगलबार सचेतकमा अर्का सदस्य कुर्मराज शाहीलाई नियुक्त गरे । शाही अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक नेता पनि हुन् । हस्ताक्षर गर्ने नेता नै शाहीको पक्षमा लागेपछि अविश्वासको प्रस्ताव तुहिएको हो ।

    यस्तै, मुख्यमन्त्री शाहीले नेता नेपाल निकट केही नेतालाई मन्त्री बनाउने तयारी गरेको पनि बुझिएको छ । नेता नेपाल निकट भौतिकमन्त्री खड्गबहादुर खत्री बैंकिङ कसुरमा मुछिएपछि उनी बर्खास्त भएका थिए । सो मन्त्रालय मुख्यमन्त्री शाहीले आफैँसँग राखेका छन् ।

    दुई पक्षबीचको भागबण्डा मिलेपछि नेकपाको कर्णाली प्रदेशमा देखिएको विवाद तत्कालका लागि सामसुम भएको छ । तैपनि नेता यामलाल कँडेलले अब कस्तो रणनीति चाल्नेछन् भन्ने हेर्न बाँकी नै छ । पार्टीका शीर्ष नेताहरु अध्यक्षद्वय केपी ओली र प्रचण्डले मुख्यमन्त्री शाही, यामलाल कँडेलसहित कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरुलाई विवाद समाधानका लागि छलफल गर्न भन्दै बिहीबार काठमाडौं बोलाएका छन् ।

    यद्यपी नेकपाको एकीकरण नै भागबण्डाबाट भएको हो । नेकपाभित्र बेला मौकामा देखिने विवादको निरुपण गर्न पनि भागबण्डाकै रणनीति अपनाइने गरिएको छ । पार्टी केन्द्रले विकास गरेको भागबण्डाको संस्कृति अहिले तत्ला समितिहरुलेसमेत अनुशरण गर्न थालेका छन् ।
    एकीकृत पार्टीको केन्द्रीय समिति, स्थायी समिति, प्रदेश कमिटी, जिल्ला कमिटी पनि भागबण्डाकै आधारमा गरिएको हो । यस्तै, प्रदेश सरकारहरु पनि भागबण्डाकै आधारमा गठन भएका हुन् ।

    सोही आधारमा कर्णाली प्रदेशमा मन्त्रालयको भागबण्डा गर्नुपर्ने र आफु मुख्यमन्त्री बन्न पाउनुपर्ने नेता यामलाल कँडेलको दाबी देखिन्छ । २० सांसदको नेतृत्व गर्ने पूर्व एमालेका नेता कँडेल १३ सांसदको नेतृत्व गर्ने पूर्व माओवादीका नेता शाहीलाई सधैँ मुख्यमन्त्री स्वीकार गर्न तयार छैनन् । यद्यपी नेकपामा केन्द्रदेखि स्थानीय तहसम्म तीन गुटको अस्तित्वका कारण दुई गुट जता मिल्न जान्छन् त्यतै बहुमत पुग्ने गरेको छ ।

    बुधबार, असोज २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • २.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ३.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ४.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ५.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ६.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ७.
      भारी वर्षाको चुनौती

    • ८.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.