• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दशैँ मनाउन घर फर्केका नेपालीको नगदसँगै लुटिएको सपना !


  •   मङ्गलबार, असोज २७, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडीगढ़ ।
    नेपालीहरुको महान पर्व दशैँ तिहारको समयमा प्रदेशबाट मिठो सपना साँचेर स्वदेश फर्कने नेपालीहरु ठाउँ ठाउँमा लुटिने गरेका घटनाहरु बारम्बार सार्वजनिक हुने गरेका छन् । लुटिनेहरु प्राय: धेरैजसोले यात्राको दौरानमा सतर्कता र सजगता नअपनाएकै कारण लुटिनुपरेको सञ्चारमाध्यममा आउने गर्दछ ।

    Advertisement

    यसरी लुटिने नेपालीको नगद र धनसम्पत्तिसहित परिवारसँगै बसेर चाडपर्व मनाउने सपना पनि लुटिने गरेको छ । तैपनि नेपालीहरु लुटिने क्रम कम भएको छैन ।

    महिनौँसम्म काम गरेर चाडपर्व मनाउन घर फर्कँदै गरेका मुगुका एक नेपाली फेरि लुटिएका छन् । सोरु गाउँपालिका–११ धिमाल तलीवाडा घर बताउने हरि बहादुर मल्लका २१ वर्षीय छोरा कविराज मल्ल घर फर्कने क्रममा नेपालीबाटै लुटिएका हुन् ।

    कविराज हिमाञ्चल प्रदेशको जुव्वलमा करिब साढे दुई महिना पहिला १२ जना लेवरहरु लिएर स्याउ टिप्ने काममा गएका थिए । उनी यसवर्षको दशैँ काठमाडौंमा परिवारसहित मनाउने सुन्दर सपना साँचेर भारु ६० हजार रुपैयाँ, लत्ताकपडासहितको झोला, तीन पेटी स्याउ, एक मोबाइल, आवश्यक सरसामानहरुसहित दिनांक १० अक्टुवरको हिँडेका थिए । हिमाञ्चलको शिमला आइपुग्दा २ जना नेपालीहरुसँग सोही बसमा परिचय भयो ।

    ती दुई नेपालीले आफूहरु पनि रुपैडिया वोर्डर हुँदै दाङ जाने कुरा गरेपनि कविराज मल्ललाई साथी मिलेको अनुभुती भयो । छिट्टै उनीहरुको विश्वास गरे र उनीहरुले दिएको जुस पिए । त्यसपछि उनलाई थाहा नै भएन के भयो ।

    अचानक १२ अक्टुवरको कविराज ब्युँझदा आफूसँग भएको ६० हजार रुपैयाँ नगद, लत्ताकपडा सहितको झोला, स्याउका पेटी, मोबाइल, आफूले लगाएका जुत्ता, व्रेसलेस, घडिसमेत लुटिएको थाहा पाए । त्यपछि उनी एक रिक्सा चालकको सहयोगमा सेक्टर २८ चंडिगढमा मूलप्रवाहका कार्यकर्ता खिमराज चालिसेको कार्यस्थल पुगेका थिए ।

    त्यहाँ उनलाई सोधपुछपछि नेपालमा उनकी श्रीमती मन्जु जैसी (मल्ल) सँग कुराकानी गराइएको थियो । अहिले काठमाडौंस्थित वसुन्धरा चक्रपथमा रहेको बताउँदै उनले आफूले पैसा पठाइदिने भन्दै पीडित श्रीमानलाई जसरी पनि स्वदेश पठाइदिन आग्रह गरिन् । त्यसपछि मूल प्रवाहको पहलमा हिमाञ्चलमा वगानका मालिकसँग कुरा गरेपछि मालिक प्रकाश थापाले पाँच हजार रुपैयाँ पठाएर उनलाइ नेपाल पठाईदिन आग्रह गरेका थिए ।

    यसरी नेपालीहरुले यात्राको दौरानमा सतर्कता न अपनाउँदा र नेपाली भन्ने वित्तीकै तुरुन्त विश्वास गर्दा बारम्वार यसप्रकारका घटनाहरु घटिरहने गरेका छन् । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले यस्ता विषयलाइ गम्भिरता पूर्वक लिँदै समय समयमा सिमामा जुलूस, पत्रकार सम्मेलन गर्ने र स्थानीय प्रशासनदेखि दुवै देशका प्रशासन र राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराइरहेको छ । तैपनि नेपालीहरु लुटिने क्रम कम भएको छैन ।

    मङ्गलबार, असोज २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.