धनवीर पुन, नयाँ दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तर्गत महिला नगर विभागको समिति गठन भएको छ । सोमबार सम्पन्न भेलाले शान्ति तिरुवाको अध्यक्षतामा १३ सदस्यीय सुरत महिला नगर विभाग गठन गरेको हो ।
समितिको सचिवमा गिता बस्याल र कोषाध्यक्षमा शान्ति विक चयन हुनुभएको छ । सदस्यहरुमा प्रिया विक, नन्दिनी विक, मनिसा विक, फम्फा विक, विष्णु विक, गिता तिमिल्सिना, जुनकला विक, संगिता विक, रमिला विक र रत्न विक रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले समसामहिक राजनीतिक अवस्था तथा प्रवासी नेपालीहरुले संगठित हुनुको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
त्यस्तै केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, क्षेत्रीय सदस्य टंक शाहले पनि भेला सफलताको शुभकामना दिनु भएको थियो ।
पुष्कर तिमिलसिनाको सञ्चालन तथा पूर्ण विकको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा गिता बस्यालले स्वागत गर्नुभएको थियो । नवनिर्वाचित समितिलाई क्षेत्रीय समिति सदस्य टंक शाहले शुभकामना दिनु भएको थियो ।