काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै २२ सय ८३ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा १८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना रहेका छन् ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले १४ हजार पाँच सय ३० जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिनुभयो । यो सँगै अहिलेसम्म ११ लाख ९१ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
आज १४ सय ७३ जना डिस्चार्ज भएका छन् । यो सँगै आजसम्म कोरोना निको हुनेको संख्या ७७ हजार २७७ जना पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार आज देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् ।

