• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. नेपाली राजनीति र नियति

  • ९. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • १०. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

ओली, प्रचण्ड र देउवाले बुढीगण्डकीमा नौ अर्ब खाएको बाबुरामको अभिव्यक्तिले नेकपा र कांग्रेसमा खैलाबैला


  •   सोमबार, असोज २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढीगण्डकी आयोजनामा नौ अर्ब रुपैयाँ कमिसन खाएको आरोप लगाएपछि अहिले ती दलमा खैलाबैला मच्चिएको छ ।

    Advertisement

    पूर्व प्रधानमन्त्री डा. भट्टराईले केही दिनअघि गोरखा पुगेर ओली, प्रचण्ड र देउवाले बुढीगण्डकी जलविद्युत परियोजनाबाट नौ अर्ब रुपैयाँ कमिसन खाएको प्रमाण आफूसँग रहेको बताउनुभएको थियो । सस्तो र सहल मानिएको बूढीगण्डकी आयोजना यी दुई दलका नेताहरुको कमिसनको चक्करमा वर्षौंदेखि अलपत्र परेको छ ।

    नेकपाका नेता भीम रावलले डा. भट्टराईलाई त्यससम्बन्धी प्रमाण सार्वजनिक गरी अख्तियारमा बुझाउन आग्रह गर्नुभएको छ । यदी त्यसो नगरिए भट्टराई नै गैर जिम्मेवार ठहरिने रावलको धारणा छ ।

    सोमबार सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेख्नुभएको छ, ‘डा. बाबुराम भट्टराईले देशका तीन प्रमुख नेताहरूले रू. नौ अर्ब खाएको प्रमाण आफूसँग भएको सार्वजनिक घोषणा गर्नुभएपछि उहाँलाई प्रमाण सार्वजनिक गर्दै अख्तियारमा बुझाउन मैले असोज १० गते एबीसी टीभी मार्फत आग्रह गरेको थिएँ । त्यसो गरियो कि गरिएन ? गरिएन भने उहाँ गैरजिम्मेवार ठहरिनु हुनेछ ।’

    नेपाली कांग्रेसले पनि बुढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा सभापति देउवासमेतको संलग्नता रहेकोे डा. भट्टराईको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

    आइतबार विज्ञप्ति प्रकाशित गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे प्रमाण पेश डा. भट्टराईलाई चुनौति दिनुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि आग्रह गर्नुभएको थियो ।

    ‘देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ’ प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुठ र अर्थहिन आरोपले।’

    कांग्रेसले बुढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउनुपर्नेमा जोड दिएको स्पष्ट पार्दै बर्तमान सरकार बनेपछि एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति कांग्रेसले सार्वजनिक रूपमा निरन्तर रुपले कडा विरोध गर्दै आएको जनाएको छ ।
    विज्ञप्तिमा यसबारे कांग्रेसले २०७५ असोज २१ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले बुढिगण्डकी परियोजना स्वदेशी लगानीमै बन्नुपर्ने निर्णय गरेको उल्लेख छ ।

    १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको जिम्मा सरकारले चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई दिएको थियो । यति ठुलो आयोजना विना प्रतिष्पर्धा विवादास्पद कम्पनीलाई दिएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

    कूल २ खर्ब ७० अर्ब लागतको भनिएको सो आयोजनाका लागि भन्दै पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमा नै प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर तोकिएको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुँदा उक्त कर लिने निर्णय गरिएको हो । यसबाट अर्बौं रुपैयाँ जम्मा भइसकेको छ । तर आयोजना जति लम्बिँदै जान्छ त्यति नै लागत बढ्ने देखिन्छ ।

    सोमबार, असोज २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना
    भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना
    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

    • २.
      भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

    • ३.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • ४.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ५.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ६.
      हार्दिक शुभकामना

    • ७.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ८.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.