धनवीर पुन, नयाँ दिल्ली ।
भारतको मध्य प्रदेशस्थित बिना शहरमा रेल छुटेर अलपत्र परेका एक नेपालीलाई मूल प्रवाहले शकुशल स्वदेश फिर्ता पठाएको छ । डोटी जिल्लाको आदर्श गाउँपालिकाका अमर राईलाई मूल प्रवाहले उद्धार गरी घर पठाएको हो ।
केरलबाट नेपाल जान भनि हिँडेका राई सिगनल नमिलेर रेल रोकिएको समयमा वान्ता आएजस्तो भएकोले रेलबाट ओर्लेका थिए । अचानक रेलको सिगनल खुली रेल हिँडेपछि उनी छुटेका थिए ।
रेल्वे स्टेसनमा भौँतारीरहेको अवस्थामा मध्य प्रदेश पुलिसले चौकीमा लागि सोधपुछ गर्दा राम्रोसँग भाषा पनि नजान्ने अमर राईले आफ्नो परिचित एवं मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोच्चीन नगर समितिका सेर बहादुरलाई आफू रेलबाट छुटेको र बिना पुलिस हिरासतमा भएको जानकारी गराएका थिए ।
यसबारे सेर बहादुरले मूल प्रवाहको केन्द्रीय कार्यालयमा जानकारी गराउनु भएको थियो । मूल प्रवाहको केन्द्रीय कार्यालयबाट पुलिस स्टेशनमा सम्पर्क गर्नुका साथै भोपालमा रहेका मूल प्रवाहका सदस्यहरुलाई प्रहरीसँग समन्वय गरी उनको उद्धार गर्न निर्देशन दिइएको थियो।
त्यसपछि मूल प्रवाह मध्यभारत क्षेत्रीय अध्यक्ष केबी खड्काद्वारा अमर राईलाई भोपाल झिकाउने एवं क्षेत्रीय सदस्य भिम सोनी हस्ते नेपालको कृष्णनगरसम्म पुर्याई पश्चिम जाने बसमा चढाउनु भएको जानकारी प्राप्त भएको छ ।