• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पत्रकारिता देश र जनताको पक्षमा हुनुपर्छः महामन्त्री सिंह


  •   शनिबार, असोज २४, २०७७ मा प्रकाशित
  • धनवीर पुन, नयाँ दिल्ली ।
    नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पत्रकारहरुले सधैँ देश र जनताका पक्षमा कलम चलाउनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको मातहतमा रहेको प्रकाशन बोर्डले शनिबार आयोजना गरेको प्रशिक्षणात्मक बैठकलाई सम्बोधन गर्दै महामन्त्री सिंहले पत्रकारिता समाजको हित र गरिखाने वर्गको पक्षमा हुनुपर्ने बताउनुभयो ।

    पार्टीका नेताहरुले गर्न नसकेका काम मिसन पत्रकारितामा लागेका पत्रकारहरुले गरिहेको स्पष्ट पार्दै उहाँले सही विचार र परिवर्तनको पक्षमा निरन्तर कलम चलाउन प्रगतिशील पक्षधर पत्रकारहरुलाई सुझाव पनि दिनुभयो । उहाँले पार्टी प्रकाशनका माध्यमबाट आम जनतालाई सचेत बनाउन पार्टी निकट पत्रकारहरुले भूमिका खेलिरहेको पनि स्पष्ट पार्नुभयो ।

    ‘पार्टीको ६० वर्षको इतिहासमा विभिन्न प्रकाशनहरुका माध्यमबाट एवं प्रत्यक्ष रुपमा हामी कहिले अराजकतावाद, कहिले अवसरवाद, कहिले संशोधनवाद त कहिले मध्यपन्थी विचारसँग संघर्ष गर्यौं’ सिंहले भन्नु भयो, ‘पार्टी प्रकाशनहरुलाई हामीले जुन स्तरमा रहेता पनि ठिकसँग परिचालन गर्नु पर्दछ ।’

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले पार्टी र क्रान्तिका लागि प्रकाशनको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

    यस्तै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुुर केसीले विगत र वर्तमानको परिदृश्यलाई ठिकसँग पहिल्याएर नै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

    ‘इतिहासमा हामी मासिक प्रकाशनमा सिमित थियौं, त्यस पछि साप्ताहिकमा र वर्तमानलाई मूल्यांकन गरेर नै हामीले आफ्नो प्रकाशन बोर्डको रुपमा संगठनका प्रकाशनलाई व्यवस्थापन गरेका छौं’ केसीले भन्नु भयो, ‘युगलाई ठिकसँग र परिवर्तन भएको अवस्थालाई मूल्यांकन गरेर नै प्रिन्ट संस्करण र अनलाइन संस्करण दुवैलाई अगाडि बढाएका छौं ।’

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय समितिको मातहतमा रहेर अझै फराकिलो र व्यापक रुपमा विस्तार गर्ने उदेश्यका साथ नै प्रकाशन बोर्ड गठन गरेको केसीले बताउनुभयो ।

    मूल प्रवाहका महासचिव ठाकुर खनालले पत्रकारिता र मिशन पत्रकारिताको विषयमा प्रकाश पार्नु भएको थियो । जनताका जल्दा बल्दा समस्यालाई ठिकसँग पहिचान गर्नु र त्यसलाई समाजका बीचमा प्रस्कृत गर्नु पर्ने उहाँले बताउनु भयो ।

    नेपाली एकताका सह–सम्पादक धनवीर पुनले पत्रकारितालाई पनि संगठन परिचालनको माध्यम बनाएर लैजानु पर्ने आवश्यकतामा जोड दिनुभएको थियो । पत्रकारितामा प्रवेश गरिसके पछि, आफूलाई अरु पत्रकारहरु जस्तै नभई फरक प्रकारले प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।

    कार्यक्रम समाजका केन्द्रीय सचिव प्रेम पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य कुल बहादुर बगालेको सञ्चालनबाट अगाडि बढेको थियो ।

    प्रकाशन बोर्डका सदस्य चन्द्रकान्त शर्माले स्वागत गर्नुभएको कार्यक्रममा ज्ञानप्रसाद शर्मा, चन्द्रकान्त शर्मा, खिमराज चालिसे, त्रिभुवन भट्टराई, राजकुमार रायमाझी, दिनेश खड्का लगायत नेताहरुले विभिन्न सुझाव दिनु भएको थियो ।

    शनिबार, असोज २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.