काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट मर्नेको संख्या ६०० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकमध्ये नौ जना पुरुष र एक महिला छन् । मन्त्रालयका प्रवक्ता प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुषहरु, काठमाडौंमा ८७ वर्षीय महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय दुई पुरुषको कोरोनाका कारण ज्यान गएको हो ।
शुक्रबार थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ। यस्तै, शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेका छन् । डा। गौतमका अनुसार देशभर संस्थागत आईसोलेसनमा ११ हजार १७६ र होम आईसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् ।
गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १६८० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७३०२३ रहेको छ ।

