काठमाडौं । बुधबार अपरान्ह जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा वडाअध्यक्षसहित ६ जनाको मृत्यु भएको छ भने एकजना वेपत्ता छन् ।
Advertisement
औँलखोलामा भएको दुर्घटनामा वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाहीको ज्यान गएको हो । यस्तै, ६१ वर्षीय किर्तिबहादुर शाही, ३२ वर्षीय खेमबहादुर शाही, २९ कृष्णबहादुर शाही, २९ वर्षीय मालिका बस्नेत र थप एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार एकजनाको शव फेला परेकोमा उनको पहिचान खुलेको छैन । घटनामा एक जना घाइते भएका छन् ।
भे१ज ९३५ नम्बरको जिप बुधबार दिउँसो सवा २ बजेतिर सडकदेखि करिब ६ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।