दाङ । दाङ राजपुर गाउँपालिका–७ मा स्कुलको खाँचो देखिएको छ ।
Advertisement
अहिले राजपुर गाउँपालिका–७ को गोठुवा, सुनपत्री, एरेना, ताली, कुरुवाबाट लगभग एक सयभन्दा बढी विद्यार्थीहरू दुईदेखि तीन घन्टा हिडेर स्कुल जानुपर्ने बाध्यता छ ।
साना साना बच्चाहरू बिहानै खाना खाएर जङ्गल र खोलाको बाटो जङ्गली जनावर र खोलाको जोखिम मोल्दै स्कुल जानपर्ने बाध्यता छ । जङ्गलमा बाघ, भालु, बँदेलजस्ता जङ्गली जनावरले बच्चाहरूलार्इ आक्रमण गर्छन् कि भन्ने डरले बिहान स्कुल हिँडेदेखि साँझ नफर्कदासम्म अभिभावकको मन जलिरहेको हुन्छ ।
‘विद्यार्थी स्कुल पुग्दा थकाइ लाग्छ; पढ्ने जाँगर लाग्दैन; निन्द्रा लाग्छ र पढाइ बिग्रन्छ । त्यसकारण यहीँको खयरभट्टीमा स्कुल बनाउने हो भने कम्तीमा तीन सय जति बिद्यार्थी हुन्छ्न’ स्थानीय रनबहादुर बुढाले भन्नुभयो ।