काठमाडौं । शनिबार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरमा थप २ हजार १२० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो ।
आज १२ हाजर ९७८ पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ।
प्रधानमन्त्रीको सचिवालका सदस्यहरु संक्रमित
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यअरुमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका तीन सल्लाहकार तथा एक स्वकीय सचिवमा कोरोना संक्रमण देखिएको छ ।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको हो । आफूहरु संक्रमित भएको जानकारी तीनै सल्लाहकारहरुले सामाजिक सञ्जालमार्फत दिएका छन् ।