डा. गोविन्दप्रसाद आचार्य
मोबाइलको आवाज भन्छ कोरोनाले खाला है ।
हात धोऊ होस राख जीवन जाला है ।
सञ्चारका साधन भन्छन् घरभित्र आउला है ।
सारा समय सन्सनावट कोरोनाले खाला है ।
धर्ती सारा कोरोनाको हामी बस्ने कहाँ हो ?
कोरोनामा कमाउने व्यापारीले हो ।
घरहरू त्रासमा छन् कोरोनाले खान्छ कि !
मनहरू डरमा छन् एैले जीवन जान्छ कि !
चिन्तनहरू चिन्तामा छन् पानी पिउन दिन्न कि !
चपाउँदैको गास पनि पूरा निल्न दिन्न कि !
दलाल र व्यापारीले देश खाँदा चिन्ता छैन ।
दुधमा विष मिसाउँदा कसैलाई चिन्ता छैन ।
बालिकाको बलात्कारमा देशको सत्ता किन मौन ?
बालिकाको हत्या हुँदा महिलाहरू किन मौन ?
डर मान्नुपर्छ मानौँ कोरोनाको जीवन हैन ।
अन्याय र अराजकता जिन्दगीको सौरभ हैन ।
कोरिना त रुघा न हो ओखतीले हटाउला ।
दलाल मस्ती नरहत्या यो रोग कसले हटाउला ?
खाद्य भन्दै अखाद्यको विषबाट मरिन्न र ?
कोरोना त रुगा न हो भयङ्कर भय हो र ?
कोरोनाको डाँको डङ्का यति चर्को भय हो र ?
बाँच्ने रहर गुमाएको संसारमा को नै छ र ?