खिमबहादुर विक
हैदरावाद (भारत)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदरावाद नगर समितिको आयोजनामा बुधवार एकदिने भर्चुअल प्रशिक्षण सम्पन्न भएको छ ।
कार्यक्रममा एकता समाजको ऐतिहासिक पृष्ठभूमि र आगामी कार्यक्रमबारे केन्द्रीय अध्यक्ष दुर्गा केसीले, देशको राजनीतिक शक्तिहरूको विश्लेषणबारे महासचिव ठाकुर खनालले, मध्यदक्षिण क्षेत्रमा एकता समाजको इतिहास र सङ्गठनबारे केन्द्रीय सदस्य प्रेम पौडेलले र सङ्गठनात्मक अनुशासनबारे अर्का केन्द्रीय सदस्य रामप्रसाद आचार्यले प्रशिक्षण दिनुभएको थियो ।
मूल प्रवाहका नगर अध्यक्ष मोहनलाल शर्माको अध्यक्षता तथा सचिव जीवनाथ शर्माको सञ्चालनमा सुरु भएको उक्त कार्यक्रममा नगर कोषाध्यक्ष तेजेन्द्र शर्माले स्वागत गर्नुभएको थियो । सहिदको सम्झनामा एक मिनेट मौनधारण गरिएको उक्त कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा महिला विभागकी संयोजक फूलबिना पौडेल, क्षेत्रीय सदस्य घनश्याम शर्मालगायतको आतिथ्यता रहेको थियो ।