दाङ । दाङको बङगलाचुली गाउँपालिका– ३ ठूलोचौरका विष्णुबहादुर बुढाथोकी मुटुरोगले थलिएका छन् । ४३ वर्षीय बुढाथोकीको आर्थिक अभावका कारण उपचार गर्न समस्या पैदा भएको छ ।
डाक्टरले मुटुको अप्रेसन गर्नुपर्ने र भल्भ फेर्नुपर्ने भएकोले तत्काल गंगालाल हस्पिटल काठमाडौं जान भनेका उनका आफन्त बताउँछन् । तर भारतमा गएर मजदुरी गर्ने बुढाथोकीसँग काठमाडौं गएर उपचार गर्नसक्ने अवस्था छैन ।
बिरामीका छोरी बालिका र छोरा सुर्य बुबाको उपचार कसरी गर्ने भनेर तड्पी रहेका छन् ।
‘उपचार गरौं उपाय छैन, नगरौं मन मान्दैन’ छोरा सुर्यले भने, ‘पहाडमा थोरै जग्गा छ । भारतमा मजदुरी गरेर जनतन परिवार पाल्नुहुन्थ्यो । अहिले त्यो पनि रोकिएको ६/७ महिना भयो ।
अहिले जेनतेन अस्पताल पुर्याउने र सहयोग जुटेमा बुवाको उपचार गर्ने योजनामा छोराछोरी रहका राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले बताउनुभयो । विष्णुबहादुरलाई बचाउन सबैले सक्दो सहयोग गर्न पनि अध्यक्ष आचार्यले अपिल गर्नुभएको छ ।

