काठमाडौं । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनामा लापरवाही गरिएको भन्दै स्थानीयले अवरोध गरेका छन् । स्थानीयको अवरोधपछि काम गर्ने वातावरण नभएको आयोजनाले जनाएको छ ।
परियोजना जस अंतर्गत भेरी नदीको पानी बबई नदीमा खसाली उक्त क्षेत्रको करिब ८४ हजार हेक्टर जमिनलाई सिंचाई गरी सुविधा पुर्याउने योजना रहेको छ । करिब ७०० करोड को उक्त महत्वपुर्ण आयोजनामा २०७६ असार बाट सुरुभई राम्रै गति लिन लागि सकेको थियो ।
तर, आयोजनामा लापरवाही गरिएको भन्दै स्थानीयले अवरोध गरेपछि आयोजना निर्माण अनिश्चित बनेको हो । आयोजनाको निर्माण कार्यको जिम्मा पाएको ग्वाँड्डङ – रमण जे भी ले काम गर्ने वातावरण न रहेको बताएका छन् ।
आयोजनामा अन्य प्राविधिक समस्याहरु पनी देखा परेका छ । आयोजना सुरु हुनु अघि फाईनल गरिएको डिजाईन, ठेक्का लागी सकेर ठेकेदार कंपनीले निर्माण कार्य सुरु गरिसकेपछी पुन्ह डिजाईन परिमर्जन गरिएको र उक्त डिजाईन हालसम्म पनि पास न भई सकेको हुनले निर्माण कार्यमा थप अन्योलता देखिएको छ ।





