• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दलित बालिका बलात्कारको अपराधीलाई हदैसम्मको कारबाही गर्न जातीय समता समाजको माग


  •   मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । जातीय समता समाजले केही दिनअगाडि बझाङ मष्टा गाउँपालिकाकी दलित बालिकामाथि भएको बलात्कारको अपराधीलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरेको छ । समाज अध्यक्ष दिलबहादुर विकको हस्ताक्षरमा २०७७ असोज १३ गते जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो ।

    Advertisement

    छुवाछूत भेदभाव कसुर र दण्ड सजाय ऐन–२०६८ बनिसकेपछि पनि यस प्रकारको घटना घट्नुले समाजमा दलितप्रति हेर्ने दृष्टिकोणमा कुनै सुधार नआएको निष्कर्ष निकालिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “केही दिनअगाडि बझाङको मष्टा गाउँपालिका–२ खिकाला निवासी १२ वर्षीया बालिका सम्झना विकको बलात्कार र हत्याको घटनाप्रति जातीय समता समाजको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ । घरदेखि केही टाढा सिममाडी भन्ने ठाउँमा रहेको आफ्नो गोठमा साँझ गाईवस्तुलाई घाँस हाल्न गएको नातिनी राति अबेरसम्म नफर्केपछि खोजतलास गर्दा स्थानीय सिम देउताको मन्दिरभित्र क्षत्विक्षत् अवस्थामा सम्झनाको लास भेटिएको थियो । सर्वप्रथम हामी यो अत्यन्तै नृशंस र जघन्य अपराध भएको हुनाले दोषीउपर हदैसम्मको सजाय गरी पीडितलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसमक्ष जोडदार माग गर्दछौँ ।

    अहिले देशमा आफूलाई कम्युनिस्ट भन्न रुचाउने वामपन्थीको बहुमतको सरकार छ । तर देशमा दलितहरूमाथि हुँदै आएका जातीय उत्पीडन, हत्या, बलात्कारका घटनामा कुनै कमी आएको छैन । ‘छुवाछूत भेदभाव कसुर र दण्ड सजाय ऐन–२०६८’ घोषणा भइसकेपछि पनि छुवाछूत, अन्तर्जातीय विवाह र बलात्कारका कारण दुई दर्जनभन्दा बढी दलित युवायुवती र बालिकाको हत्या भइसकेको छ । यसले हाम्रो समाजमा दलितलाई हेर्ने दृष्टिकोणमा अझै पनि कुनै परिवर्तन आएको छैन भन्ने कुरालाई नै पुष्टि गर्दछ । यी सबै दलित उत्पीडन विरुद्ध कडा कानुनको अभाव र भएका कानुनलाई पनि कडाइपूर्वक लागु गर्ने कुराप्रति सरकारी उदासिनताका परिणाम हुन् ।

    त्यसैले सरकारलाई हामी यस प्रकारका घटनालाई रोक्न कडाभन्दा कडा कानुन निर्माण गरी त्यसलाई तत्काल व्यवहारमा कडाइपूर्वक लागु गराउन तदारुकता देखाओस् भन्दै दबाब सृजना गर्न सम्पूर्ण उत्पीडित, दलित तथा समताप्रेमी एवम् न्यायका पक्षधर जनसमुदायलाई अपराधीलाई हदैसम्मको कारवाही गराउन र पीडितलाई न्याय दिलाउन संयुक्त आन्दोलनमा एकजुट हुन आह्वान गर्न चाहन्छौँ ।”

    मङ्गलबार, असोज १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • २.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ३.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ४.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ५.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ६.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ७.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ८.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.