धर्म सुनार, रोहतक ।
लकडाउन पश्चात मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु धमाधम संगठन निर्माण कार्यमा अगाडि बढ्नु भएको छ । सोही अनुसार २७ सितम्बर २०२० का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गतको सेक्टर १४ स्थित रहने श्रमजिवी नेपालीहरु बीच टोल समिति गठन गरिएको छ ।
नगर समितिका सदस्य सुभाष गौतम र गणेश शर्माको पहल तथा मोहनसिंह बिक र धर्म सुनारको विशेष उपस्थितिमा ७ सदस्यिय टोल समिति गठन गरिएको हो ।
समितिको अध्यक्षमा राम बहादुर थापा, सचिव चोपालाल गौतम र कोषाध्यक्षमा मिना गौतम रहनुभएको छ । सदस्यहरुमा सावित्रा दमसे, शिवरञ्जन सुनार, तारा गौतम र लक्ष्मी थापा रहनु भएको छ ।

सुभाष नगर टोल समिति गठन
त्यस्तै, रोहतक अन्तर्गत सुभाष नगरमा पनि १३ सदसिय वि टोल समिति गठन गरिएको छ । विक्की परियार र सिता परियारको पहल तथा नगर समितिका मोहनसिंह बिक र धर्म सुनारको विषेश उपस्थितिमा सो भेला सम्पन्न भएको थियो ।
जसको अध्यक्षमा मुकेश सुनार, सचिव आकाश परियार र कोषाध्यक्षमा गोविद नेपाली रहनुभएको छ । त्यस्तै सदस्यहरुमा माया थापा, कमला पौडेल, रामु सुनार, सुष्मिता परियार, मिनाक्षी सुनार, गिता परियार, नुमा सुनार, केसी थापा मगर, धुर्व परियार र शिला बिक रहनु भएको छ ।

