काठमाडौँ । प्रधान सेनापति पूर्चन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ ।
Advertisement
प्रधान सेनापति निवासको भान्छामा कार्यरत एक जना सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि थापा आजदेखि सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डबमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै थापाले आफूलाई सेल्फ क्वारेन्टिन गरेका जङ्गी अड्डाले जनाएको छ।

