थम्मन थापा, बागलुङ ।
बागलुङ उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आएका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठलाई स्वागत गरेको छ । शुक्रबार उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी नयाँ आएका प्रहरी प्रमुख श्रेष्ठलाई स्वाग गरेको हो ।
त्यस अवसरमा प्रहरी प्रमुख श्रेष्ठले प्रहरीको भन्दा बढी नेटवर्क भएको संस्था व्यवसायी भएको हुदाँ प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि प्रहरीको सक्रियतामा कुनै कमि आउन नदिने प्रहरी प्रमुख श्रेष्ठले बताउनु भयो ।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले ब्यबसायी र प्रहरीबीच सहकार्य गरेर अगाडि बढेको खण्डमा दुवै पक्षयलाई फाइदा पुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जयराम भारी , महिला उद्घमी संघका अध्यक्ष भगवती केसी लगायतका वक्ताहरूले प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत गर्दै कोरोना भाइरसले सबै क्षेत्रमा प्रभाव पारेको हुँदा यसबाट मुक्त हुन सबैले भूमिका खेल्न जरुरी रहेको धारणा राखेका थिए । उनीहरुले जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैले प्रहरी प्रशासनलाई सहयोग गर्न तयार भएको बताएका थिए ।