काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको बताउनुभयो ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।
थप ६ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । मृत्यु हुनेमा मोरङमा २, काठमाडौँ, ललितपुर, कपिलवस्तु र सप्तरीका १/१ जना रहेका छन् ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।
यो कूल संक्रमितमध्यको ०.६५ प्रतिशत हो । काठमाडौँ उपत्यकामा आज थपिए ६४५ जना कोरोना संक्रमित काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँमा ५०३, भक्तपुरमा, ५१ र ललितपुरमा ९१ जनामा कोरोना पुष्टि भएको हो ।

