महेन्द्रनगर । सञ्चारकर्मी धीरेन्द्र सिनालकी जीवन संगनी सोनु सिनालको जीवन बचाउन सहयोगको अपील गरिएको छ ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरकी सोनु आठ वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित हुनुहुन्छ । उहाँको मिर्गौला खराब भएपछि नियमित डायलासिस गराइरहनुभएको छ ।
सोनुको मिर्गौला प्रत्यारोपण गर्न आवश्यक भएको र त्यसका लागि आवश्यक रकम जुटाउन सिनाल परिवारलाई हम्मे परेपछि स्थानीय सञ्चारकर्मीहरुको पहलमा आर्थिक संकलन सुरु गरिएको हो ।
अहिले उहाँको उपचार सीमावर्ती शहर खटिमास्थित तपन हस्पिटल एण्ड रिसर्च सेन्टरमा भइरहेको छ । उहाँको हप्तामा दुई पटक डाइलासिस गर्नुपर्ने भएकाले अस्पतालमै राखिएको सञ्चारकर्मी सिनालले बताउनुभयो ।
वर्षौंदेखि उपचार चलिरहँदा सिनाल परिवारलाई एकातिर उपचारका लागि आर्थिक अभाव बढ्दै गएको छ भने अर्कोतिर पुरानो हुँदै जाँदा बिरामीको स्वास्थ्य थप जटिल बनेर ज्यान नै तलमाथि हुने हो कि भन्ने चिन्ता थपिएको छ ।
लामो समयदेखि अस्वस्थ भएर उपचाररत सोनुको उपचारमा आर्थिक अभावले समस्या भएपछि अहिले कञ्चनपुरका सञ्चारकर्मीहरुले उहाँको उपचारका लागि सहयोग जुटाउन सुरु गरेका छन् । सोनुलाई बचाउन सबैसँग सहयोगका लागि आग्रह गरिएको स्थानीय समाजसेवी उमारश्मी पाण्डेले बताउनुभयो ।
सहयोग गर्न इच्छुक व्यक्तिहरुले एभरेष्ट बैँक महेन्द्रनगरमा रहेको धीरेन्द्र सिनालको खाता नम्बर ०५९००५०१२००८७४ मा रकम जम्मा गर्न सकिन्छ । यस्तै, विदेशबाट (लिंक खोल्नुहोस्) मा गएर रकम जम्मा गर्न सकिन्छ ।