वसन्त खड्का, अर्घाखाँची ।
अर्घाखाँचीको भूकिकास्थान नगरपालिका–९ भुजेलपानीमा पहिरोले तीन वटा गोठ–टहरा बगाएको छ । बस्ती उच्च जोखिममा परेपछि ६ घर अन्यत्र सारिएको छ ।
Advertisement
नरपानीबाट गएको प्रहरीको उद्धार टोलीले उनीहरुलाई सारेको हो । वडा अध्यक्ष नारायण खनालले दिनुभएको जानकारी अनुसार घर सर्नेहरुमा मोहन खड्का सहितका परिवार रहेका छन् । यस्तै जीवन झाक्रीको गोठ भत्किएर पाडो मरेको र भैँसि घाइते भएको उहाँले बताउनु भयो ।
डेवास्थित शिव बहादुर विक, बोम बहादुर विक र माधब गिरीको घर पहिरोले बगाएको जानकारी दिँदै उनीहरुलाई सिघ्र व्यवस्थापन गर्नुपर्ने खनालले बताउनु भयो ।