• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एमसिसी परिमार्जनसहित पारित गर्ने नेकपा सचिवालयको निर्णय गलत : राष्ट्रिय जनमोर्चा


  •   बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले हिन्दप्रसान्त रणनीति (इन्डो–प्यासिफिक स्ट्रयाटेजी) अन्तर्गत रहेको एमसिसीलाई परिमार्जनसहित संसदबाट पारित गर्ने नेकपा सचिवालयको निर्णयको विरोध गरेको छ ।

    Advertisement

    राजमोले भनेको छ– “त्यो सम्झौता अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा इन्डो–प्यासिफिक रणनीतिको अङ्ग भएकाले उक्त सम्झौताका केही सामान्य विषयवस्तु परिवर्तन गर्दैमा त्यसको सारभूत विषय परिवर्तन हुँदैन । त्यसकारण उक्त सम्झौता परिमार्जनसहित पारित गर्ने होइन, त्यसलाई खारेज नै गर्नुपर्दछ ।”

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ असोज ८ गते जारी प्रेसवक्तव्यमा पार्टीको सो धारणा अभिव्यक्त भएको छ ।

    वक्तव्यमा हुम्ला लिमीमा सीमा अतिक्रमणको समाचार, केन्द्र तथा प्रदेश तहमा गठन गर्न थालिएको प्रदेश विकास प्राधिकरण, लिम्पियाधुरा–लिपुलेक सीमा अतिक्रमणबारे सरकारको ढिलासुस्ती, विद्यालयमा तत्कालका लागि अनलाइन कक्षा र स्याङजालगायत देशैभरि बाढीपहिरोले गरेको क्षतिको बारेमा धारणा व्यक्त गरिएको छ ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “समसामयिक केही विषयहरूमा राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट पार्न यो वक्तव्य जारी गरिएको छ ।

    १. अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता एमसिसीलाई नेकपाको सचिवालय बैठकले परिमार्जनसहित संसदबाट पारित गर्ने निर्णयप्रति हाम्रो ध्यानाकर्षण भएको छ । एमसिसी नेपालको असंलग्न परराष्ट्र नीति, सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रिय हित विरुद्ध भएकाले नेपालका विभिन्न राजनीतिक दल, सङ्घसंस्था र आम जनसमुदायले त्यसको विरोध गर्दै र सङ्घर्ष गर्दै आएका छन् । त्यो सम्झौता अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा इन्डो–प्यासिफिक रणनीतिको अङ्ग भएकाले उक्त सम्झौताका केही सामान्य विषयवस्तु परिवर्तन गर्दैमा त्यसको सारभूत विषय परिवर्तन हुँदैन । त्यसकारण उक्त सम्झौता परिमार्जनसहित पारित गर्ने होइन, त्यसलाई खारेज नै गर्नुपर्दछ ।

    २. हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरू निर्माण गरेको समाचार प्रसारण भएका छन् । नेपालका परराष्ट्र मन्त्रीले चीनले नेपाली भूमि नमिचेको बताएका छन् । उनले नै त्यसको स्थलगत अध्ययनका लागि गएको टोलीले थप तथ्य पनि ल्याउने बताएका छन् । ती तथ्य नआउँदै उनको कुरालाई नै सही मान्न सकिन्न । उक्त टोलीले ल्याउने रिपोर्ट र आवश्यक परे अरू उच्च विज्ञ टोली पठाएर सत्य तथ्य पहिल्याई जनतालाई त्यसबारे जानकारी गराउन सरकारसँग आग्रह गर्दछौँ ।

    ३. भौतिक तथा मानवीय विकासको बारेमा ‘विकास’ ले बृहत् अर्थ र महत्त्व राख्दछ । त्यस प्रकारको विकासका लागि राज्यमा विभिन्न विभाग, सङ्घसंस्था आदि विद्यमान छन् । तिनीहरूले नै ठिक प्रकारले काम गरिरहेको स्थिति छैन । त्यसमा ‘विकास प्राधिकरण’ जस्तो थप निकाय बनाउने आवश्यकता छैन । यदि त्यस प्रकारको निकाय खडा गरेमा त्यसले अनावश्यक खर्च बढाउनुका साथै अनावश्यक प्रक्रिया र झमेला थपिने छ । त्यसबाट विकासमा बाधा नै पुग्ने छ । त्यसकारण, केन्द्र तथा प्रदेश तहमा खडा गर्न खोजिएको विकास प्राधिकरणको नीति र कार्यलाई राष्ट्रिय जनमोर्चाले विरोध गर्दछ ।

    ४. भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नेपाली भूमि फिर्ता गराउने कार्यमा सरकारले ढिलासुस्ती गरिरहेको छ । हामीले फेरि पनि दुईपक्षीय रूपमा वार्ता गरेर र अन्तर्राष्ट्रिय स्तरमा पनि यो विषय उठाएर चाडै आफ्नो भूमि फिर्ता गर्न गम्भीर रूपमा लाग्न सरकारस“ग आग्रह गर्दछौँ ।

    ५. स्कुल, क्याम्पसमा पढाइको कक्षा सञ्चालनबारे विवाद र अन्यौलको स्थिति छ । कोरोनाको सङ्क्रमण सबै ठाउँमा एकै प्रकारले भएको छैन । त्यसकारण सम्बन्धित ठाउँको सङ्क्रमणको स्थितिअनुसार प्रत्यक्ष कक्षा वा अनलाइन कक्षा सञ्चालन गर्नु नै सही तरिका हुने छ ।

    ६. हालैको अविरल वर्षाका कारणले गएको बाढीपहिरोबाट स्याङजा जिल्लालगायतका ठाउँमा धेरै जनधनको क्षति भएको छ । मृतकजनप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।”

    बिहिबार, असोज ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ
    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युरेनियम उत्खनन्‌बारे गम्भीर भुल नगरौँ

    • २.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • ३.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ४.
      हार्दिक शुभकामना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ६.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ७.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ८.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.