काठमाडौं । चर्चित हिमाल आरोही आङरिता शेर्पाको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
Advertisement
नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा हिमचितुवाका नामले परिचित आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
शेर्पाको पार्थिव शरीरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झन्डा ओढाउनुभएको थियो ।
१० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको ७२ वर्षको उमेरमा सोमबार उनकै निवास जोरपाटीमा निधन भएको थियो ।
‘हिमचितुवा’ आङरिता शेर्पाको निधन

