टेकराज भुसाल , अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर २ ले भारत वा अन्य देशबाट फर्किएका व्यक्तिहरु अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिनमा बस्नेपर्ने निर्णय गरेको छ ।
Advertisement
सोमबार बसेको सर्वपक्षीय बैठकले भारत तथा अन्य मुलुकबाट आएका व्यक्ति सिधै १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभयो ।
सर्वपक्षीय बैठकले असोज १ गते देखि लामो तथा छोटो दूरीका यातायातका साधनहरु सञ्चालनमा आएका कारण बाहिरबाट आएका नागरिकलाई होम क्वारेन्टिनमै बस्नुपर्ने निर्णय गरेको हो ।
साथै देशका विभिन्न पालिकाहरुले सामुदायिक दूरी कायम गरि विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेकोले सो वडामा पनि विद्यालय सञ्चालनबारे छलफल गरेको बताइएको छ ।

