• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

राजमोको प्रश्नः महत्वपूर्ण योगदान दिएका कुलमानलाई पुनःनियुक्त किन नगर्ने ?


  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले विवादास्पद, भ्रष्ट र असक्षम व्यक्तिहरुलाई महत्वपूर्ण पदमा नियुक्त गरिरहेको भन्दै आपत्ति जनाएको छ ।

    Advertisement

    सोमबार वक्तव्य प्रकाशित गरी राजमो उपाध्यक्ष दुर्गा पौडेलले निष्कलंक र स्वच्छ छवि भएका र आफ्नो कार्यकालमा विद्युतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कुलमान घिसिङ्गलाई सरकारले विद्युत् प्राधिकरणमा किन पुनर्नियुक्ति नगरेको भन्दै प्रश्न पनि गर्नुभएको छ ।

    यस्तै, राजमोले सप्तरीमा न्याय नपाएर बलात्कृत एक किशोरीले गरेको आत्महत्याको घटनाबारे छानबिन गर्न माग गरेको छ । उपाध्यक्ष पौडेलले वक्तव्यमा एक हजार रुपैयाँ घुस प्रकरणमा एकजना कर्मचारीले आत्महत्या गरेको र पछि निर्दोष सावित भएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदै उनको परिवारको लालनपालनको व्यवस्था गर्न माग गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    १. आफ्नो कार्यकालमा विद्युतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कुलमान घिसिङ्गलाई पुनः नियुक्ति नगर्ने सरकारको कार्यशैलीको राष्ट्रिय जनमोर्चाले आलोचना र विरोध गर्दछ । कतिपय भ्रष्ट, विवादास्पद र असक्षम व्यक्तिहरुलाई सरकारले उच्च तहमा भर्ती वा पदोन्नति गर्ने काम गरिरहेको छ । तर निष्कलंक र स्वच्छ छवि भएका र आफ्नो कार्यकालमा विद्युतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कुलमान घिसिङ्गलाई पञ्छाउने नीतिबाट सम्पूर्ण प्रशासनयन्त्रको कार्यकुशलता र सुशासनमाथि नै नकरात्मक असर पर्ने कुरा प्रष्ट छ । सरकारको कार्यशैलीबाट जुन प्रकारको प्रशासनयन्त्रको निर्माण भैरहेको छ वा हुनेछ, त्यसबाट देशमा कुशल र सक्षम प्रशासनयन्त्रको निर्माण हुन नसक्ने कुरा प्रष्ट छ । आज देशका सबै जनपक्ष वा विकास कार्यक्रमहरुमा गम्भीर समस्या र अवरोध पैदा भएको छ त्यसका पछाडि सरकारको त्यस प्रकारको प्रशासन सम्बन्धि गलत कार्यशैली जिम्मेवार छ ।

    २. सप्तरीमा बलात्कृत १७ बर्षीया युवतीलाई गाउँको समाजले प्रहरीमा जान रोकेकाले ती युवतीले आत्महत्या गरेको र सप्तरीमा नै गर्भवती महिलालाई कुटपिट गर्दा गर्भ तुहेको घटनालाई पनि गाउँमा दबाउन खोजिएको र सिराहको नवराजपुर गाउँपालिका वडा नम्बर ५ मा एक जना महिलालाई बोक्सी बकाउनको लागि गाउँको पञ्चायतले रातभर मन्दिरमा लगेर कुटपिट गरी मलमूत्र खुवाइएको घटनाहरुप्रति हाम्रो ध्यान आकर्षित भएको छ । महिलाहरुमाथि हिंसाका यी अत्यन्त गम्भीर घटनाहरु हुन् । ती घटनाहरुप्रति न्यायोचित छानविन गरेर दोषीलाई अपराध अनुसार दण्डसजाय गर्नुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ ।

    ३. एक हजार रुपैया घुस खाएको आरोपमा एक जना कर्मचारीलाई अख्तियारले गिरफ्तार गरी मुद्दा चलाएको, अदालतले उनलाई सफाई दिएको र सफाई पाउनु भन्दा पहिले नै उनले आत्महत्या गरेको घटनाप्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । निर्दाेष व्यक्तिको आत्महत्यापछि उनको परिवार असहाय भएको छ । आत्महत्या गर्ने व्यक्तिको परिवारलाई क्षतिपूर्ति र परिवारका व्यक्तिहरुको लालनपालन गर्न र रोजगारी दिनसमेत हामीले सरकारसित माग गर्दछौँ ।

    ४. सञ्चारमाध्यमहरुले नेपालबाट विभिन्न समयमा चोरिएर विदेश लगिएका र पत्ता लागेका मूर्तिहरु पनि फर्काउन सरकारले प्रभावशाली प्रकारको प्रशासनिक कदम उठाउन नसकेका समाचाहरु प्रकाशित भएका छन् । त्यसबारे शीघ्र ध्यान दिनका लागि हामीले सरकारसित माग गर्दछौँ । त्यसका साथै एउटा अर्काे पक्षप्रति पनि हामीले सरकार र जनता समेतको ध्यान आकर्षित गर्न चाहान्छाँै । देशका दूरवर्ती र ग्रामीण क्षेत्रका मन्दिरहरुमा रहेका कैयौँ पुरातात्विक वा ऐतिहासिक महत्वका सामग्रीहरुको पनि चोरी हुने गरको छ । त्यसप्रति पनि हामीले सरकार र स्थानीय प्रशासन वा स्थानीय निकायहरुको पनि ध्यान आकर्षित गर्न चाहान्छौँ ।

    ५. प्यूठानको झिमरुक गाउँपालिका ओखरकोटको कोटको ऐतिहासिक महत्वको निशाना छाप चोरिएको करिब ३÷४ वर्ष भइसक्यो । त्यो निशाना छाप मध्ययुगीन जाट राजाको अवशेष थियो र त्यो कोटका पुजारीको जिम्मा रहँदै आएको थियो । निशाना छापको चोरी भएपछि त्यसबारे छानविन गर्न सरकारी डोर जाँदा पुजारीले आत्महत्या गरेका थिए । त्यसपछि त्यस सम्बन्धि छानबिन अगाडि बढेन । बारम्बार ताकेता गर्दा पनि स्थानीय प्रशासन र सरकारले समेत त्यो चोरिएको ऐतिहासिक महत्वको सामाग्री पत्ता लगाउन कुनै कारवाही अगाडि बढाएको छैन । त्यो विषयलाई गम्भिरतापूर्वक लिन हामीले केन्द्रीय सरकार, जिल्ला प्रशासन र स्थानीय निकाय समेतसित अनुरोध गर्दछौँ ।

    ६. देशका विभिन्न कारागारहरुमा कैदीहरु झन पछि झन ठूलो संख्यामा कोभिड– १९ बाट संक्रमित भएका समामचारहरु लगातार आइरहेका छन् । त्यसरी संक्रमित हुँदा पनि उनीहरुलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्ने तथा उपचार गर्ने समेतबारे पर्याप्त व्यवस्था हुन नसकेका समाचारहरुले जेलहरुको चिन्ताजनक र गम्भीर अवस्थालाई बताउँछ । त्यसप्रति समयमा नै ध्यान दिन हामीले सरकारसित माग गर्दछौँ ।

    ७. सरकारले सिन्धुपाल्चोक र बाग्लुङमासमेत जोखिमपूर्ण बस्तीहरुको स्थानान्तरणको लागि ध्यान नदिएकोले बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएका घटनाहरुप्रति हामीले बारम्बार सरकारको ध्यान आकर्षित गर्दै आएका छौँ । अब जुम्लामा समेत त्यसप्रकारका जोखिमपूर्ण बस्तीहरुमा बाढी पहिरोको खतरा भएको र प्रदेश सरकारले समेत त्यस्ता बस्तीहरुको स्थानान्तरणका लागि सरकारसित माग गरेका समाचारहरु आएका छन् । जोखिमपूर्ण बस्तीहरुको स्थानान्तरण एउटा राष्ट्रिय स्तरको नै गम्भीर समस्या हो । त्यसकारण सरकारले देशव्यापी रुपमा नै आवश्यक भूगर्भिय सर्वेक्षण गरेर सबै जोखिमपूर्ण बस्तीहरुको स्थानान्तरणका लागि विस्तृत योजना बनाएर काम गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

    ८. जोगवनीबाट जनकपुरसम्म रेल आएको कार्यको लागि हामीले प्रसन्नता प्रकट गर्दछौँ । तर त्यससित जोडिएको एउटा अर्काे पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । सार्वजनिक क्षेत्रमा सुरु गरिएका कैयौँ कार्यक्रमहरु केही समय पछि नै भ्रष्टचार वा अक्षमताका कारणले असफल हुने गरेका छन् । जस्तै कि रकसौल, अमलेखगञ्ज र जोगवनी जनकपुर रेल सेवा, काठमाण्डौँ भक्तपुर ट्रली सेवा, सार्वजनिक क्षेत्रमा संचालित चिनी, छाला, कृषि औजार, कागज आदिका कैयौँ उद्योगहरु खत्तम भएका छन् । त्यही प्रकारले अहिलेको जोगवनी जनकपुर रेल सेवा पनि असफल हुन नपाओस र त्यसका लागि हामीले सरकारलाई समयमा नै सतर्क गराउन चाहान्छौँ ।

    सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.