काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ६ महिला र ४ जना पुरुषको कारोनाबाट मृत्यु भएको हो । काठमाडौँमा ४०, ६० र ६३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
यस्तै, ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, धनुषामा ७६, काठमाडौँमा ८२, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ११ पुगेको छ ।
आज १ हजार ३ सय २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ९ हजार ५ सय ८४ जनाको पिसिआर परीक्षण भएकोमा महिला ४ सय ६९ र पुरुष ८ सय ५६ जनामा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६४ हजार १ सय २२ जना पुगेको छ ।
काठमाडौँमा ६ सय २, भक्तपुर १ सय १ र ६४ जनामा सङ्क्रमण देखिएको छ ।
आज देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४ सय ७८ जना रहेका छन् । आज संस्थागत प्रदेश नम्बर १ मा ३ सय ३, प्रदेश नम्बर २ मा ८ सय ७३, बागमती प्रदेशमा ५ हजार ३ सय ३९ र गण्डकी प्रदेशमा ६ सय ८९ जना रहेका छन् । प्रदेश नम्बर ५ मा १ हजार २ सय ७७, कर्णाली प्रदेशमा २ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरि संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना सङ्क्रमित रहेका छन ।
होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ८९, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजार ६ सय १ र गण्डकी प्रदेशमा ३ सय १६ जना रहेका छन् । प्रदेश नम्बर ५ मा ७ सय ५६, कर्णाली प्रदेशमा २ सय ४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ गरी देशभरी देशभरि होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना सङ्क्रमित रहेका छन् । आज १ सय ९० जना आइसियु र ३६ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन् ।
आज ९ सय ६६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजा १ सय ९, प्रदेश नम्बर २ मा १२ हजार २ सय ३३, बागमती प्रदेशमा १० हजार ९ सय ४१ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९ जना सङ्क्रमित डिस्चार्ज भएका छन । यस्तै, प्रदेश नम्बर ५ मा ८ हजार २ सय ९५, कर्णाली प्रदेशमा २ हजार ७ सय ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४३ गरी देशभरि ४६ हजार २ सय ३३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

