• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

खगुलाल गुरुङ सम्मानित हुनुहुने, ५८ जनालाई सम्मान गर्दै प्रदेश सरकार


  •   आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल, प्युठान ।
    जेष्ठ वामपन्थी नेता खगुलाला गुरुङ सम्मानित हुनुहुने भएको छ । संविधान दिवसका अवसरमा प्रदेश ५ सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक (ख)बाट प्युठानका खगुलाल गुरुङ र रोल्पाका तेजमान घर्ती (मरणोपरान्त) लाई विभूषित गर्न लागेको हो ।

    Advertisement

    प्रदेश–५ सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ११ विधामा ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ । सो पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिने छ ।

    समाजसेवा श्री पदक (ख) अर्घाखाँचीका डा चित्र प्रसाद वाग्ले (मरणोपरान्त) र समाजसेवा श्री पदक (ग) अर्घाखाँचीकी पवित्रा पौडेलले पाउने भएका छन्। प्रदेश सरकारले दिने सबैभन्दा उच्चस्तरको पदक बुद्ध शान्ति पदकबाट पाल्पाका आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई मरणोपरान्त प्रदान गर्ने भएको छ ।

    बौद्धधर्मको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको भन्दै उनलाई पदक दिने निर्णय गरिएको हो । उनले म्यानमार सरकारबाट महानायक पदवी समेत प्राप्त गरेका थिए ।

    प्रदेश रत्न पदक (क) बाट ड्रयागन खेतीमार्फत कृषि क्षेत्रमा नौलो काम गरेका पूर्व मन्त्री दाङका लोकेन्द्र विष्टमगरलाई विभूषित गर्ने भएको छ । प्रदेश रत्न पदक (ख) रुकुम पूर्वकी लक्ष्मी प्रसाद पुन, रुपन्देहीको अर्घाखाँची सिमेन्ट प्रालि र रुपन्देहीकै सगुन कन्स्ट्रक्सनलाई दिइने भएको छ । प्रदेश रत्न पदक (ग) दाङका मार्शल रोका, गुल्मीका भोजराज रेगामी र बाँकेका पुरमल बस्नेतलाई दिइने भएको छ ।

    यस्तै दाङका गुमराह थारुले प्रदेश प्रमुख जनसेवा पदक पाउने भएका छन् । प्रदेश प्रमुख जनसेवा पदक (ग) सशस्त्र द्वन्द्वमा मृत्यु भएकी रुकुमकी धनमाया श्रेष्ठ, पाल्पाका केवल गाहामगर र राज्यद्वारा बेपत्ता बनाइएका कृष्ण थारुलाई प्रदान गरिने भएको छ ।

    त्यसैगरी मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (क) प्रदेश सभामा तत्कालीन विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलाई (मरणोपरान्त) प्रदान गरिने भएको छ । मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (ख)बाट दाङका माणिकलाल गौतम, पाल्पाका चिनियालाल बज्राचार्य, पाल्पाका तत्कालीन जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्याल (मरणोपरान्त) लाई विभूषित गरिने छ । मुख्यमन्त्री प्रज्ज्वलद्वीप पदक (ग) सशस्त्र द्वन्द्वमा घाइते भएका दाङका मनोज चौधरीलाई प्रदान गरिने भएको छ ।

    प्रदेश सेवा समर्पण पदक (क) लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.राजेन्द्रप्रसाद खनाललाई दिने निर्णय प्रदेश-५ सरकारले गरेको छ ।

    प्रदेश सेवा समर्पण पदक (ख) भिम अस्पतालका डा. सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. उत्तम पच्या, भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम, भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर ध्रुव धिताल, जिल्ला समन्वय समिति पूर्वीरुकुममा कार्यरत विमला रोक्का श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत सुमितकुमार अग्रहरी, योग प्रशिक्षक रुपन्देहीका विष्णु आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रेमबहादुर गौतमले पाउने भएका छन् ।

    त्यसैगरी प्रदेश सेवा समर्पण पदक (ग) प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत लक्ष्मण पन्थी, कपिलवस्तु अस्पतालकी आयुष्मा अर्याल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत योगेन्द्रनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । सुरक्षाकर्मीहरुलाई प्रदान गरिने उजिरसिंहद्वीप पदक (ख)बाट प्रदेश प्रहरी कार्यालयका अभयकुमार झालाई प्रदान गरिने भएको छ ।

    उजिरसिंहद्वीप पदक (ग)बाट जिल्ला प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर, इलाका प्रहरी कार्यालय बुटवलका फुलेराम थारु र जिल्ला प्रहरी कार्यालय दाङका प्रभु सुनारलाई विभूषित गरिने छ । समाजसेवा श्री पदक (क) संस्थागत रुपमा नेपाल संस्कृत विश्वविद्यालयलाई प्रदान गरिने भएको छ ।

    त्यस्तै समाजसेवा श्री पदक (ख) रुपन्देहीका पत्रकार अर्जुन ज्ञवाली, बाँकेका रोमहर्ष धिताल र नवलपरासी पश्चिमका खिमलाल पोख्रेललाई दिइने भएको छ ।

    समाजसेवा श्री पदक (ग) दाङका विनय पोख्रेल, कपिलवस्तुकी प्रभा पौडेल, बाँकेकी सरीता खनाल र गुल्मीको आशा अपांग केन्द्रलाई प्रदान गरिने भएको छ । पुथा श्री पदक (ख) सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी, पुथा श्री पदक (ग) दाङको बुलबुले थारु पाहुना घर र जैविक होमस्टे बर्दियालाई दिइने भएको छ ।

    प्रदेश प्रज्ञा पदक दाङका नारायण सिंह गुरुङ्ग, प्रदेश प्रज्ञा पदक (ग) पाल्पाको धवल पुस्तकालयले प्राप्त गर्ने भएका छन् । प्रजापति गौतमी पदक (क) पाल्पाकी चुन्नुमाया गुरुङ्ग (मरणोपरान्त), प्रजापति गौतमी पदक (ख) पाल्पाकै पूर्णमाया महर्जन, प्रजापति गौतमी पदक (ग) रुपन्देहीकी रिता सेन ओली र रोल्पाको त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगले पाउने भएका छन् ।

    यस्तै दंगीशरण बलिहाङ्ग पदक (क)बाट रुपन्देहीका गजलकार बुँद राना, दंगीशरण बलिहाङ्ग पदक (ख) बाँकेका श्यामानन्द सिंह, दंगीशरण बलिहाङ्ग पदक (ग) दाङका गोरन चौधरी (मरणोपरान्त) र कपिलवस्तुका मोहम्मद इलिहात खाँलाई विभूषित गर्ने निर्णय प्रदेश-५ सरकारले गरेको छ।

    आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.