केपि विरही, युएई (दुबई) ।
युएई नेपाली एकता समाजले बागलुङका बाढीपीडितका लागि आर्थिक सहयोग गरेको छ । एकता समाजले संकलन गरेको एक लाख १४ हजार ६ सय ५२ रुपैयाँ (युएई ३६११ दिराम) राष्ट्रिय जनमोर्चा बागलुङमार्फत पठाएको समाजका सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभएको छ ।
Advertisement
सो रकम राजमो जिल्ला अध्यक्ष अमर बहादुर थापा तथा प्रदेश सांसद् खिमविक्रम शाहीले पीडितको घरमा गएर हस्तान्तरण गर्नुहुनेछ ।
गत भदौ १७ गते राति ढोरपाटन नगरपालिकास्थित देउराली जंगलबाट झरेको पहिरोले बोबाङमा रहेका बस्ति बगाउँदा ठुलो जनधनको क्षति भएको थियो । सो घटनामा परी १९ जनाको मृत्यु भएको थियो भने १९ जना अझै बेपत्ता छन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ युएई नेपाली एकता समाजले पीडितहरुलाई राहत प्रदान गर्न आर्थिक संकलन सुरु गरेको समाजले जनाएको छ ।

