डबल बोगटी, कैलाली ।
कैलालीको स्थानीय एफएममा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन् । जिल्लाको घोडाघोडी नगरपालिका–५ को जंगलमा २३ वर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
Advertisement
उनको शव जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । घोडाघोडी नगरपालिका–४ की पहराइ कैलाली एफएममा कार्यरत थिइन् ।
गएको भाद्र ३१ गते सुखड जान्छु भनि घरबाट हिँडेकी उनी सोही दिनदेखि सम्पर्कविहीन भएकी थिइन् । ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।