• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउ, निर्वाचनमा गरिने खर्चको छानबिन गरः राजमो


  •   बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नेपाली नागरिकलाई सम्बन्धित देशबाट नै मतदानको व्यवस्था मिलाउनुपर्ने माग दोहोर्याएको छ । बिहीबार अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी निर्वाचन आयोगलाई सो बारे सुझाव दिइएको स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    यस्तै, राजमोले निर्वाचनमा जित्नका लागि ठुलो धनराशीको खर्च गरिने र त्यस्ता व्यक्तिले निर्वाचन जितेर गएपछि पदको दुरुपयोग गरी भ्रष्टाचार गर्ने गरेको भन्दै छानबिन गर्ने निकायको माग पनि गरेको छ ।

    अध्यक्ष केसीद्वारा प्रेशित वक्तव्यमा उहाँ मन्त्री हुँदा बनाइएको विधेयकको मस्यौदा दलालहरुले संसदमा पुग्नै नदिएको र पछि सहकारीको हित विपरित उनीहरुकै हितमा हुनेगरी सहकारी ऐन ल्याइएको पनि उल्लेख गर्नुभएको छ ।

    यस्तो छ प्रेस वक्तव्य :
    ‘ १. आजभन्दा एक वर्ष अगाडि निर्वाचन आयोगले आफ्नो तीन वर्षे रणनीतिक योजनाका लागि राष्ट्रिय जनमोर्चाको सुझाव मागेको थियो । त्यतिबेला हामीले कैयन विषयहरुमा निर्वाचन आयोगलाई सुझाव दिएका छौँ । अहिले संसदको राज्य व्यवस्था समितिले पनि निर्वाचनमा देखिएका समस्याहरुका बारेमा एक उपसमिति बनाई अध्ययन गरिरहेको छ । यस सन्दर्भमा हामीले मुख्य जोड दिन खोजेका विषयहरुमा राष्ट्रिय जनमोर्चाको धारणालाई स्पष्ट पार्न चाहन्छौँ ।

    २. संसदीय राजनीतिक प्रणालीमा निर्वाचित जनप्रतिनिधिहरुद्वारा शासन गर्ने कुरा प्रजातान्त्रिक र सकारात्मक कुरा हो । देशको विद्यमान राजनीतिक स्थितिमा निर्वाचनको ठूलो महत्व छ । निर्वाचनमा भाग लिने जनताको मौलक र राजनीतिक अधिकार हो । त्यसकारण, हामीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र स्वच्छ बनाउन जोड दिंदै आएका छौँ ।

    प्रत्यक्ष निर्वाचनको अतिरिक्त विभिन्न जनतप्काहरुको प्रतिनिधित्व गराउन समावेशी र समानुपातिक निर्वाचन प्रणालीको संविधानतः व्यवस्था गरिएको छ । तर उक्त कुराहरुको व्यवहारमा सही कार्यान्वयन भएको छैन । कतिपय विषय सरकारको नीति, निर्णय र कानुनको अभावमा कार्यान्वयन हुन सकिरहेका छैनन् वा समस्याहरु पनि उत्पन्न भएका छन् ।

    ३. लाखौं युवा नागरिकहरु भारत लगायत कैयन देशहरुमा रोजगारीका लागि गएका छन् । उनीहरु राज्यले काम दिन नसकेर गएका हुन् । उनीहरुले पठाएको रेमिट्यान्स देशको आयको महत्वपूर्ण श्रोत हो । उनीहरुले देशमा हुने निर्वाचनमा भाग लिन पाएका छैनन् । उनीहरु आफ्नो मौलिक र राजनीतिक अधिकारबाट बञ्चित भएका छन् । उनीहरुमाथि अन्याय भएको छ ।

    यो समावेशी र समानुपातिक सिद्धान्तको पनि विरुद्ध छ । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुलाई आफू कार्यरत रहेका देश तथा स्थानहरुबाटै स्वदेशको निर्वाचनमा सहभागी बनाउन सरकारलाई आदेश गरिसकेको छ । निर्वाचन आयोगले पनि सरकारको नीति र निर्णय भएमा विदेशमा भएका नेपालीहरुलाई निर्वाचनमा सहभागी बनाउन सक्ने जानकारी सरकारलाई गराइ सकेको छ । राजनीतिक दल र सरकारको अग्रसरतामा हुनुपर्ने काम संवैधानिक निकायहरुले निर्णय गर्दा पनि सरकारले उपेक्षा गर्नु ठूलो लापरबाही हो ।

    कैयन देशहरुले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई आफ्नो देशको चुनावमा सहभागी गराएका छन् । हामीले पनि सक्दछौँ । त्यसकारण, विदेश स्थित नेपालीहरुले देशमा हुने चुनावमा आफू बसेको देशबाट भाग लिन पाउनु पर्दछ भनेर हामीले धेरै पहिलादेखि जोड दिंदै आएका छौँ । यस विषयमा छिटो निर्णय लिन सरकारसँग आग्रह गर्दछौँ ।

    ४. राजनीति सेवा हो, देश र जनताप्रतिको कर्तव्य हो । पुँजीवादी व्यवस्थामा हरेक कुरालाई वस्तु वा नाफा घाटाको रुपमा विचार गरिन्छ । राजनीति वा निर्वाचनको सन्दर्भमा पनि त्यही प्रकारले विचार गर्दा हाम्रो देशमा राजनीति र निर्वाचनको क्षेत्रमा धेरै विकृति, विसंगति र भ्रष्टाचार हुने गरेको छ ।

    एउटा उमेदवारले निर्वाचन जित्न करोडौँ रकम खर्च गर्दछ । राजनीतिक दलले पनि त्यसरी नै खर्च गर्दछ । त्यति धेरै पैसा कहाँबाट आयो ? त्यति धेरै पैसा खर्च गरेर किन राजनीतिक पदमा पुग्न चाहान्छन् ? यस विषयमा प्रभावकारी अध्ययन गर्ने वा छानवीन गर्ने निकायको अभाव छ । यो सामान्य रुपमा जान्ने कुरा हो कि त्यस्ता व्यक्तिहरु पदमा पुगेपछि पदको दुरुपयोग गरेर भ्रष्टाचार गर्दछन् । निर्वाचनबाट हुने भ्रष्टाचार यहाँसम्म मात्र सीमित हुँदैन ।

    कैयन दलाल, ठुला ब्यापारी, ठुला ठेकेदार, बैंकर आदिले राज्यका नीति, निर्णय र कानुन निर्माण समेतमा हस्तक्षेप गर्ने गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहकारी तथा गरिबी निवारण मन्त्री भएको बेलामा त्यस्तै तत्वहरुले हामीले ड्राफ्ट गरेको विधेयक संसदमै पुग्न दिएनन् । का. चित्रबहादुर केसी मन्त्रीबाट हटेपछि सहकारीका सिद्धान्त, मूल्य र मान्यताका विरुद्ध भएको सहकारी ऐन बनाइएको छ । हाम्रो देशमा निर्वाचनको बेला बाह्य शक्ति केन्द्रहरुले ठूलो लगानी गर्ने गरेको कुरा पनि लुकेको विषय होइन ।

    त्यसरी संसदमा पुग्ने व्यक्ति वा दलबाट नेपालको विकास, निर्माण सहित राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्तामा गम्भीर खतरा उत्पन्न हुन सक्दछ । त्यसकारण, त्यसप्रकारका दलाल, ठुला ठेकेदार वा व्यापारीहरुलाई निर्वाचनमा उमेदवार हुन दिनु हुँदैन, निर्वाचनमा हुने खर्चको नियन्त्रण गर्न र बाह्य शक्ति केन्द्रको लगानीलाई रोक्न कानुनी व्यवस्थाको साथै प्रभावकारी उपायहरु अपनाउनु पर्दछ ।

    ५. हाम्रो निर्वाचन प्रणाली मिश्रित निर्वाचन प्रणाली हो । मिश्रित निर्वाचन प्रणालीमा समानुपातिक र समावेशी व्यवस्था छ । महिला सहित उत्पीडित जाति र समुदायहरुलाई कैयन क्षेत्रमा आरक्षणको व्यवस्था छ । तर महिला वा दलितहरुलाई राम्रो निर्वाचन क्षेत्र नदिने र कम संख्यामा उनीहरुलाई उमेदवार बनाउदा उनीहरुले निर्वाचन जित्न नसक्ने स्वभाविक हो ।

    विगतको निर्वाचनमा प्रत्यक्ष तर्फका निर्वाचनमा महिला उमेदवारहरुले आवश्यक संख्यामा विजयी हुन नसकेर समानुपातिक तर्फबाट उक्त कोटा पुराउन परेको स्थिति हो । त्यसकारण महिला र दलितको लागि प्रत्यक्ष निर्वाचनमा निर्वाचन क्षेत्र आरक्षणको व्यवस्था गर्नु नै सही र न्यायिक हुनेछ । त्यसप्रकारको कानुनी व्यवस्था गर्न हामीले जोड दिन्छौँ ‘ ।

     

    बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • २.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ५.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ६.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ७.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ८.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.