काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपाका नेता वामदेग गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ । सरकारको सिफारिसमा गौतमले बिहीबार राष्ट्रिय सभामा मनोनित गरिएको हो ।
Advertisement
भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो ।
गौतमलाई नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा राष्ट्रपतिबाट मनोनीत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमले त्यसयता सांसद बन्न कैयौं पटक प्रयास गर्दै आउनुभएको थियो ।

