काठमाडौं । पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको शोकमा आज देशभरका अदालत बन्द भएका छन् ।
Advertisement
सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश सिंहको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो । सिंहको मंगलबार ओम अस्पताल काठमाडौंमा निधन भएको हो।
१९७६ सालमा सप्तरीमा जन्मेका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भएका थिए । उनी तीन वर्ष प्रधानन्याधीश भएका थिए।
सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालत सहित देशभरका अदालतमा एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।

