जगतप्रसाद रेग्मी,काठमाडौं ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौं र नागरिक समाजको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन भएको छ ।
प्रहरी हिरासतमा हत्या भएका सम्भु सदा, विजय राम, रोशन विश्वकर्मा लगायत देशभर दलित समुदायमाथि भैरहेको हत्या, हिंसा, बलात्कार तथा जातीय विभेद विरुद्व प्रदर्शन भएको हो ।
विरोध कार्यक्रममा जातीय समता समाजका नेता भक्त बहादुर बिश्वकर्माले जातीयय विभेद तथा साशकले गरिब निमुखामाथि गरिने शोषणको अन्तको लागि जनतको व्यबस्था आवस्यक रहेको बताउनुभयो । उहाँले त्यस्को लागि सबै शोषणमा परेका जनता एकजुट हुनसमेत आह्वान गर्नु भयो ।
कार्यक्रममा संघर्ष समितिका संयोजक मिन बिश्वकर्मा, महिला नेत्री मिना स्वर्णकार लगायतले सम्बोधन गर्नु भएको थियो । जातीय विभेद विरुद्ध कांग्रेस नेता मिन बिश्वकर्माको संयोजकत्वमा १६ राजनैतिक पार्टी आवद्व दलित संघसस्थाहरु आन्दोलित रहेका छन् ।
केही दिन अगाडि कैलालीका रोशन विश्वकर्मा, धनुषाका सम्भु सदा, रौतहटका बिजय राम र रुपन्देहीकी अङिरा पासीको हत्या भएको थियो ।