प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा न. ५ को माझटोल र बाँदिखोलाको अखिल नेपाल युवक संघको भेला सम्पन्न भएको छ । भेलाले विजय सुनारको अध्यक्षतामा १७ सदस्यीय टोल समितिको निर्माण गरेको छ ।
समितिको उपाध्यक्षमा भरत विक, सचिवमा सुवाश विक सहसचिवमा विकास विक, कोषाध्यक्षमा सुवाश रसायली चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा चरण जिसि, धिरकन विक, अर्जुन विक, खडक विक, सन्जु विक, चन्द्र विक, भक्त विक, भिमसेन विक, सन्तोष विक, तारक विक, सुर्य विक, पवन विक, विशाल विक रहनुभएको छ ।
केही दिन पहिले नेकपा (नेकपा)को ओखरकोटमा भएको सार्वजनिक कार्यक्रममा उपस्थित भएकै कारण सो पार्टीमा प्रवेश गरेको हल्ला चलाइएका अखिल नेपाल युवक संघ झिमरुक गाउँपालिकाको –३ का सदस्य हरिबहादुर विक र ५ का सन्तोष विक पनि संगठन निर्माणमा व्यस्त रहेको र भेलामा उपस्थित भएको संगठनले जनाएको छ । भेलामा उहाँहरुले आफुहरु विरुद्ध नेकपाले गलत हल्ला चलाएको भन्दै भ्रममा नपर्न युवाहरुलाई आश्वस्त पार्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल)का रुपन्देही जिल्ला प्रवक्ता नारायण जिसि, अखिल (छैठौं)का केन्द्रीय सचिव सुवाश जिसि, वडा न ३ का वडा सदस्य नवराज केसी, ५ .वडाका वडा सदस्य रामबहादुर विकले शुभकामना दिनुभएको थियो । यस्तै अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य शंकर बस्नेत, राष्ट्रिय जनमोर्चा झिमरुकका नेताहरु देवेन्द्र जिसि, अइन्द्र विक, वीरबहादुर विक, युवक संघ ३ नं का उपाध्यक्ष कृष्ण खड्का, अखिल (छैठौं)का नेता नवीन केसी, अखिल भारत नेपाली एकता समाजका कृष्ण विक लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।
भेलाको अध्यक्षता युवक संघ ३ वडाका अध्यक्ष विनोद विक, स्वागत अर्जुन केसी र सञ्चालन धिरकन रसायलीले गर्नुभएको थियो ।
झिमरुक ४ मा पनि भेला
त्यसैगरी झिमरुक गाउँपालिका वडा न.४ को गरु चराउने चौरको टोल भेला सम्पन्न भएको छ । भेलाले कृष्णबहादुर जिसिको अध्यक्षतामा ११ सदस्यीय टोल समितिको निर्माण गरेको छ ।
समितिको उपाध्यक्षमा अमिर जिसि, सचिवमा पंकज विक, र कोषाध्यक्षमा भुपेन्द्र जिसि चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा जीवन विक, शिवबहादुर जिसि, सागर पुन, संजय पुन, सुदर्शन जिसि, सूर्यबहादुर पुन र यामबहादुर रोका रहनुभएको छ । त्यसैगरी सल्लाहकारहरुमा खुमबहादुर रोका, मानबहादुर जिसि र यामबहादुर रोका रहनुभएको छ ।
भेलामा अखिल (छैठौं)का केन्द्रीय सचिव सुवाश जिसि , शिक्षक संघका जिल्ला सदस्य शंकर बस्नेत र राजमोका स्थानीय नेता राजेन्द्रविक्रम सिंहको उपस्थिति रहेको थियो ।
