• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जोखिमयुक्त बस्ती तत्काल सार, एकीकृत ग्रामिण बस्ती विकास गरः केसी


  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा रहेका जोखिमयुक्त बस्ती तत्काल सार्नुपर्नेमा जोड दिएको छ । बाढी पहिरोलगायतबाट जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्न र एकीकृत बस्ती विकास गर्न राजमोले पुनः आग्रह गरेको हो ।

    Advertisement

    सोमबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष चित्रबहादुर केसीले सिन्धुपाल्चोक र बागलुङका विभिन्न स्थानमा बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसखाले जोखिमयुक्त बस्ती अन्य स्थानमा पनि भएकाले तत्काल सार्न माग गर्नुभएको हो । राजमोले जोखिमयुक्त बस्ती स्थानान्तरण गरी सुरक्षित ठाउँमा एकीकृत ग्रामिण बस्ती विकास गर्न माग गर्दै आएको केसीले स्मरण गराउनुभएको छ ।

    उहाँले जोखिमयुक्त भनि पहिचान भइसकेका सिन्धिुपाल्चोक र बागलुङका बस्तीहरुलाई समयमै सुरक्षित स्थानमा सारेको भए यति धेरै मानवीय क्षति नहुने पनि स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘हालै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नं.७ लगायतका ठाउँहरुमा पहिरो जादा ११ जना मानिसहरुको मृत्यु भएको छ । पहिरोमा पुरिएका वा बेपत्ता भएका २० जनाको खोजी कार्य भइरहेको छ । कतिपय मानिसहरु घाइते भएका छन् । २२ घर पहिरोले पुरिएर ध्वस्त भएका छन् ।

    २०० भन्दा बढी घरहरु पहिरोको जोखिममा छन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका कुश्मिसेरा र बिनामारे तथा बडिगाड गाउँपालिकाको दर्लिङमा १–१ जना गरी ३ जनाको पहिरोमा परी मृत्यु भएको छ । ५ घर पहिरोले पुरेको छ । केही मानिसहरु घाइते भएका छन् । ताराखोला गाउँपालिकाको पक्की पुल बगाएको छ । ठाउँ ठाउँमा सडकमा क्षति पुगेको छ । उक्त सबै ठाउँमा ठुलो सम्पत्ति र खेतियोग्य जमिन पनि नष्ट भएको छ ।

    उक्त घटनाहरुमा मृत्यु भएका मानिसहरुप्रति श्रद्धाञ्जली तथा सोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । त्यहाँ उद्धार, उपचार र राहतमा कमी हुन नदिन सरकासंग आग्रह गर्दछौँ ।

    २०७२ सालको भूकम्पले गर्दा कैयन पहाडी जिल्लाका गाउँ बस्ती जोखिमयुक्त रहेकोले ती गाउँ बस्तीलाई स्थानान्तरण गर्न विज्ञहरुले सिफारिस गरेका थिए । सिन्धुपाल्चोक जिल्लाका त्यस्ता गाउँ बस्तीमा रहेका जनताले पनि बस्ती स्थानान्तरण गर्न प्रशासन समक्ष माग गर्दै आएका थिए । सरकारले विज्ञको सुझाव र जनताको मागलाई बेवास्ता ग-र्यो । वास्तवमा सरकारको लापर्बाहीका कारणले यति ठूलो जन धनको क्षति हुन पुगेको छ ।

    त्यस्तै बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं। ९ भुजी खोलामा केही दिन अघि बाढी र पहिरोले ७५ घर ध्वस्त भएका थिए । खानि तथा भूगर्भ विभागका विज्ञ कर्मचारीहरुले भुजी खोलाको पहाडको अवस्थिति, माटो तथा भूवनोट समेतको अध्ययन गरेर ती बस्ती जोखिममा रहेको जनाएका थिए । त्यसबारे पनि सरकारले कुनै कदम चालेन र अहिले त्यति ठूलो जन धनको क्षति भयो ।

    यसबारेमा हामीले सरकारको कडा आलोचना गर्दछौँ । त्यस्ता जोखिमयुक्त गाउँ बस्ती सुरक्षित ठाउँमा सार्न जोडदार माग गर्दछौँ । हामीले यहाँ फेरि यो स्पष्ट गर्न चाहन्छौँ कि बाढी पहिरो र डुबानको जोखिममा रहेका र छरिएर रहेका वा आधारभूत सेवा पुराउन अत्यधिक खर्च लाग्ने ठाउँमा रहेका घर बस्तीहरुलाई समेत सुगम ठाउँमा ल्याउन एकीकृत ग्रामीण बस्ती विकास गर्न जोड दिंदै आएका छौँ ।’

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.