काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले युगदर्शनमा प्रकाशित आफ्नो अन्तर्वार्तामा उठाइएका प्रश्न तथा टिप्पणीबारे केही दिनमा स्पष्टिकरण दिने बताउनुभएको छ ।
सिंहले नेपाल कम्युनिष्ट पार्टीमा फुटको इतिहासबारे यही भदौ ७ गते प्रकाशित अंकमा लामो अन्तर्वार्ता दिनुभएको थियो । सो अन्तर्वार्ताबारे सिंहसँगै रहेर लामो समय काम गरेका र हाल नेकपा (क्रान्तिकारी माओवादी) मा रहेका नेता रामसिंह श्रीसले केही प्रश्न उठाएर केही टिप्पणी पनि गर्नुभएको छ । त्यसबारे युगदर्शनले महामन्त्री सिंहसँग प्रतिक्रिया लिन खोजेको थियो ।
महामन्त्री सिंहले रामसिंहले उठाएका प्रश्नबारे कैयौं साथीहरूले आफूलाई फोन गरेको स्पष्ट पार्दै त्यसबारे दुइचार दिनपछि स्पष्टीकरण दिने स्पष्ट पार्नुभएको छ ।
यो हेर्नुहोस् अन्तर्वार्ताः
निर्मल लामासँगको फुटले पार्टीलाई गम्भीर क्षति पुर्यायोः सिंह (अन्तर्वार्ता)

