• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अनर्गल प्रचार नगर्न विप्लव नेकपालाई राजमोको चेतावनी


  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आफ्नो पार्टीविरुद्ध अनर्गल प्रचारवाजी नगर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई चेतावनी दिएको छ । आइतबार जिल्ला अध्यक्ष थम्मन केसीले प्रेशित गर्नुभएको विज्ञप्तिमा मित्रशक्तिविरुद्ध अनर्गल प्रचार गरेर विप्लव नेकपाले कसको पृष्ठपोषण गर्न खोजेको हो भन्दै प्रश्न पनि गर्नुभएको छ ।

    Advertisement

    जिल्लाको भूमिकास्थान नगरपालिकाभित्र भएको विवादको विषयमा विप्लव नेकपाले हालै मेयरको पक्ष लिएर राजमोका तर्फबाट प्रतिनिधित्व गर्ने नगर प्रवक्ता एवं वडा नं ४ का वडाअध्यक्ष बाबुराम पन्थीविरुद्ध वक्तव्य जारी गरेको थियो । नेपाल कम्युनिष्ट पार्टि भूमिकास्थानका ईन्चार्जद्वारा जारी विज्ञप्तिमा वडाअध्यक्ष पन्थीले ‘तीन लाख बयासी हजारको फर्जि विल बनाई योजनामा अनियमितता भएको’ उल्लेख थियो ।

    सो विज्ञप्तिलाई राजमोले नगरपालिकाका मेयरबाट आर्थिक लाभ लिएर विप्लव नेकपाले राजमोको बदनाम गर्न खोजेको अर्थमा लिएको छ ।
    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले युगदर्शनलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभएको छ, ‘विप्लव नेकपाले अनावश्यक विज्ञप्ति जारी गरेर राष्ट्रिय जनमोर्चाको बदनाम गर्न खोजेको छ । उनीहरुले नगरपालिकाका मेयरबाट शुभलाभ लिएर गरिएको फर्जी काम मात्रै हो ।’

    राष्ट्रिय जनमोर्चाले वडाअध्यक्ष पन्थीमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौति दिएको छ ।

    राजमो जिल्ला अध्यक्ष केसीद्वारा प्रेशित विज्ञप्तिमा भनिएको छ, ‘भूनपाका मेयरले रोकेपछि भन्ने शब्दावलिले नै पुष्टि गर्छ की क्रान्तिकारी पार्टिका क्रान्तिकारी भनिएका क. बारुद कस्को निर्देशनमा विज्ञप्ति निकालेर भ्रम दिन उद्धत छन्, भनेर प्रष्ट भएको छ । हामी हाम्रा जिम्मेवार कमरेड माथी लगाईएको आरोप निराधार हो भनेर जोड दिदै यदी साँच्चिकै प्रमाणित रुपमा अनियमितो गरेको भए प्रमाणित गर्न उक्त पार्टिलाई चुनौति पनि दिन चाहन्छौं ।’

    यस्तै, राजमोले जिल्लामा भएका थुप्रै समस्या र अनियमितताका बिरुद्ध राष्ट्रिय जनमोर्चाले लगातार संघर्ष गरेको स्मरण गराउँदै यस्ता कपोकल्पित भ्रममा नपर्न सबैसँग आग्रह गरेको छ ।

    भूमिकास्थान नगरपालिकामा केही समयदेखि विभिन्न विषयमा मेयर रेशम थापा र उपमेयर खडानन्द बेल्वासेबीच विवाद देखिएको छ । नगरपालिकाका करारमा रहेका कर्मचारीको म्याद मेयरले आफूखुशी थपेको र कार्यपालिकाले तोकेको स्थानभन्दा अलग गएर अस्पताल निर्माण गर्न खोजेको भन्दै उपमेयर बेल्वासेलगायत बहुमत कार्यपालिका सदस्यहरुले विरोध जनाएका छन् ।

    त्यससम्बन्धमा वडा नं ४ का वडाअध्यक्ष एवं नगरप्रवक्ता बावुराम पन्थीसँग बुझ्दा उहाँले नगर प्रमुखले आफूखुशी निर्णय गर्दा समस्या आएको बताउनुभयो । उहाँले कार्यपालिकाको निर्णय बिना नै मेयरले करारका कर्मचारीलाई एक वर्ष म्याद थप गरेको र १५ शैय्याको अस्पताल बनाउने विषयमा पनि कार्यपालिकाको निर्णय विपरित आफूखुशी काम गरेको बताउनुभयो ।

    विप्लव नेकपाले लगाएको फर्जी विलको विषय निराधार भएको उहाँले बताउनुभएको छ । ‘वडामा काम गर्ने क्रममा विभिन्न समयमा विभिन्न प्रकारका रकम खर्च हुन्छन् । खर्च गर्ने र फरफारक गर्ने विधि छ’ उहाँले भन्नुभयो, ‘नगरपालिकाको विवाद एकातिर छ, विप्लवहरुले जनताको ध्यान अन्तै मोड्न र राजमोको बद्नाम गर्न सकिन्छ कि भनेर आर्थिक विषय जोडेर विज्ञप्ति निकालेका हुन् । यसमा कुनै सत्यता छैन ।’

    नगरप्रमुख रेशम थापाले भने आफूले कार्यपालिकाको निर्णय अनुसार नै काम गरिरहेको बरु आफूलाई असहयोग गरिएको गुनासो गर्नुभएको छ । उहाँले करारमा रहेका कर्मचारीको म्याद थप गर्ने विषयमा नगरसभाले नै एक वर्षको तलवभत्ता पारित गरेको र म्याद थपको विषय कार्यकारी अधिकृतको कार्यक्षेत्रभित्र पर्ने बताउनुभयो । अस्पतालको विषयमा आफू नगरकार्यपनलिकाको निर्णय अनुसार नै अघि बढ्न तयार रहेको बरु मन्त्रालयले नै स्थान तोकेर पत्र पठाएको दाबी गर्नुभयो ।

    यस्तै उहाँले विप्लव माओवादीले नगरपालिकाबाट ‘शुभलाभ’ लिएको भन्ने कुरा गलत भएको दाबी पनि गर्नुभएको छ । मेयर थापाले आफू आत्मालोचना गर्न तयार रहेको भन्दै छलफलमा आउन सबैसँग आग्रह गर्नुभएको छ । ‘कुनै गल्ती भए आत्मालोचना गर्न तयार छु’ मेयर थापाले युगदर्शनसँग भन्नुभयो, ‘बसेर छलफल गरौं । आपसी सहमतिमा विवाद समाधान गर्न आग्रह गर्छु ।’

    नगरपालिकाका बहुमत सदस्यहरुले भने करारमा रहेका कर्मचारी नगरलाई कति आवश्यक छ, त्यसबारे अध्ययन गरेर मात्रै थपघट गर्नुपर्ने र कार्यपालिकाको निर्णय र जनतालाई पायक पर्ने स्थानमा अस्पताल निर्माण गर्नुपर्ने सुझाव दिँदा मेयरले अटेरी गरेर एक्लै अघि बढ्न खोजेको बताएका छन् ।

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.