• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अवैध लागूऔषध सहित १० जना पक्राउ


  •   आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषत सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–९ शिवमन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट करिब १ केजी लागूऔषध चरेस जस्तो देखिने पोल्यान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका–३ घर भई काठमाडौं बल्खु बस्ने ४२ वर्षीय सानु कान्छा तामाङ र थाक्रे गाउँपालिका(२ घर भई हाल बल्खु बस्ने २३ वर्षीय दिल कुमारी तामाङ छन् । लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उक्त वस्तु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    यसैगरी काठमाडौं महानगरपालिका–१५ स्वयम्भू आनन्दकुटी बिहारस्थित सडकबाट करिब १० केजी लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकाप घर भएका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्‍डा बस्ने २७ वर्षीय सागर लामा रहेका छन् । विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा।२ ज ५७०९ नम्बरको ट्‍याक्सीमा सवार पौडेलले काखमा बोकेको कार्टुनभित्र उक्त गाँजा फेला पारी ट्‍याक्‍सीमा सवार लामालाई समेत पक्राउ गरेको हो ।

    त्यस्तै,झापा, माङसेबुङ गाउँपालिका–६ घर भई दमक नगरपालिका–१ मामा चोक डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई ४ केजी २५ ग्राम लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बेचबिखन गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरी राईलाई पक्राउ गरेको हो ।

    यसैगरी झापा, बिर्तामोड नगरपालिका–१ अदुवा पुलबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने मिसाइएको पदार्थ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय संदिप धिमाल, आकाश राई र आशिष राई रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोवार भइरहेको छ भन्ने सूचनाको आधरामा लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्दा संदिपको साथमा उक्त लागूऔषध फेला पारी उनीहरु तीनै जनालाई पक्राउ गरेको हो ।

    साथै झापा, मेचीनगर नगरपालिका–१३ स्थित ईलाम रोडबाट ८.५ ग्राम ब्राउनसुगर जस्तो देखिने मिसाईलो पदार्थ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१२ बस्ने २३ वर्षीय राजन श्रेष्ठ र सोही नगरपालिकाÞ–१० बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले मे.४ प ७७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

    सर्लाही, पर्सा गाउँपालिका–५ चिरान मिलस्थित सुकनाहाबाट करिब २ सय २५ किलो लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पर्साबाट गस्तीमा गएको प्रहरीलाई देखेर पर्सातर्फ आउँदै गरेको ना.४ ख ७७४८ नम्बरको ट्रकका चालक ट्रक छाडी भागेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकमा कालो प्लाष्टिकमा बेरिएको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.