खिमराज चालिसे चंडीगढ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत गुल्मीका एक युवालाई आर्थिक सहयोग गरेको छ ।
Advertisement
ब्लड क्यान्सर पीडित गुल्मीको मुसिकोट नगरपालिका–१ पैदी अमराईका २१ वर्षीय मनोज गिरीलाई मूलप्रवाह चंडीगढ नगर समितिले १० हजार रुपैयाँ सहयोग गरेको हो ।
नगर समितिका सदस्य अर्जुन विक र प्रितम खड्काले पीडितका दाजु ईश्वर वनलाई भेटी उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।
मनोजको उपचारका लागि २० लाख रुपैयाँ जति खर्च हुने र उनको घरायसी आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोगका लागि समेत मूलप्रवाहले सबैसँग आग्रह गरेको छ ।