• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोरोना अवधिसम्म कर छुट गर्न अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार संघको माग


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार सङ्घले कोरोना सङ्क्रमणको अवधिसम्म करछुट गर्न सरकारसित माग गरेको छ । सङ्घका अध्यक्ष ढुण्डीराज शर्माको हस्ताक्षरमा २०७७ भदौ २५ गते प्रसारित प्रेसवक्तव्यमार्फत यस्तो माग गरिएको हो ।

    Advertisement

    वक्तव्यमा जिम्मेवार भूमिका नखेलेको भन्दै सरकारको आलोचना गरिएको छ । कोरोना सङ्क्रमणमाझ कृषिक्षेत्रमा सम्भावना खोजिनुपर्नेमा त्यसो नगरिएको तथा अन्य अभिभावकीय जिम्मेवारी वहन नगरेको भन्दै सरकारको आलोचना गरिएको हो । घरबहाल करसहितका विभिन्न करमा तत्कालका लागि छुट र सङ्घीयतालाई खारेज गरी राज्यको खर्च कटौती गर्न वक्तव्यमा माग गरिएको छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरसम्म पुगिसकेको अवस्था छ । यसले गर्दा समाजमा भय र आतङ्कले आक्रान्त बनाएको छ । उद्योग–व्यवसाय सारा ठप्प छ । यातायातका साधनलगायत आवागमन बन्द गराइएको छ । आम्दामीको स्रोत सून्य छ भने महङ्गीले सीमा नाघेको अवस्था छ । सामान्यत खर्च धान्ने हैसियत पनि गुम्दै गएको स्थिति छ भने अब आफ्ना उद्योग–व्यवसायहरूको भविष्य के हुने ? राज्यको यसमा के कस्तो भूमिका रहने आदि यस्तै भ्रम अनि अन्यौलताको भुमरीमा व्यवसायी तड्पिइरहेका छन भने अर्काेतिर, घरबहाल बुझाउनुपर्ने चिन्ताले निदहराम बनाएको अवस्थाछ छ । बैङ्क ब्याज र किस्ता, अनि कर कहाँबाट कसरी बुझाउने ? आफ्नो पेसा–व्यवसायको भविष्य के हुने भन्ने चिन्तैचिन्ताले अधिकांश व्यवसायीहरू डिप्रेसनमा छन् भने यी सबै मार खेप्न नसकेर कतिपय व्यवसायीले आत्महत्यासम्म गरेको खबर पनि सुन्नमा आएको अवस्था छ ।

    झन् दिन–प्रतिदिन कोरोनाको महामारी भयावह बन्दै गएको छ । लाखौँको श्रमशक्ति विदेशबाट रोजगारी गुमाएर रित्तो हात देशमा भित्रिसकेका छन् । रेमिट्न्स घट्दो अवस्थामा छ । देशको अर्थतन्त्र धरासायी भएको छ । आन्तरिक रोजगारी पनि गुमेको अवस्था छ । यसको निकास कृषिक्षेत्रमा खोज्नुपर्दछ ।

    कृषिक्षेत्रमा लाखौँको रोजगारी सृजना गर्न सकिन्छ । राज्य यसमा गम्भीर भएर लाग्न सक्नुपर्दछ । उद्योग, व्यापार–व्यवसाय अर्थतन्त्रका मेरुदण्ड भएकोले व्यवसायीको रक्षा गर्नु राज्यको कर्तव्य हो । तर उद्योगी व्यवसायी र कोरोनापीडित आम जनताका सम्पूर्ण माग पूरा गर्न र गराउनका लागि राज्यले उदासिनता मात्र देखाएको छैन, कोरोनाको पीडामा खेल्ने काम गरेको छ । कोरोनाको सङ्क्रमण कसरी नियन्त्रण गर्ने ? पीडितलाई तत्कालै कसरी राहत दिन सकिन्छ भन्नेमा ध्यान छैन, बरु सत्ता जोगाउने खेलमा आफ्नो ध्यान केन्द्रित गरेको छ । समाजवादउन्मूख नीति अपनाएको यो सरकार “धमिलो पानीमा माछा मार्ने” काम गर्दै छ ।

    चारैतिर भ्राष्टाचारै भ्राष्टाचार छ । यतिसम्म कि कात्रो र लासमा समेत भ्रष्टाचार पाइएको छ । अब सरकारले विलम्ब नगरी परिस्थतिलाई काबुमा लिनका लागि एकातिर, कोरोनाको नियन्त्रणमा ध्यान दिनुपर्ने छ भने अर्काेतिर, सामाजिक दुरी कायम गर्दै सुरक्षित किसिमले आआफ्ना पेसा–व्यवसाय सञ्चालनमा ल्याउनुपर्ने बाध्यात्मक अवस्था छ ।

    यी सबै पक्षलाई ध्यान दिँदै तत्काल निम्नानुसारका माग पूरा गर्नको लागि सम्बन्धित पक्ष र सरकारसँग अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार सङ्घ केन्द्रीय समिति जोडदार माग गर्दछ ।

    १. कोरोनाको असर सामान्य नबन्दासम्म बुझाइआएको घरबहालमा न्यायोचित गरी छुट गराउनुपर्ने ।

    २. स्थिति सामान्य नबन्दासम्म घरबहाल कर मिनाह गर्नुपर्ने ।

    ३. राज्यले लिने विभिन्न खाले कर मिनाह गर्नुपर्ने ।

    ४. कोभिडबाट उत्पन्न परिस्थिति सामान्य नबन्दासम्मका लागि बैङ्क ब्याजमा छुट र किस्तालाई पछि सार्नुपर्ने ।

    ५. उद्योगी–व्यवसायी र आम कोरोनापीडित जनसमुदायका लागि राज्यले राहतका प्याकेज ल्याउनुपर्ने ।

    ६. धरासायी भएको अर्थतन्त्र उकास्न र लाखौँको रोजगारी सृजना गर्न कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणको व्यवस्था राज्यले लिनुपर्ने ।

    ७. प्रदेशको संरचना सम्पूर्ण रूपमा खारेज गरी त्यो बजेट कोरोनाको नियन्त्रण र राहतकार्यमा लगाउनु पर्ने ।”

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.