• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कोभिड–१९ संक्रमणमा भारत विश्वमै दोस्रो


  •   सोमबार, भदौ २२, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर

    Advertisement

    काठमाडौँ । कोभिड–१९ बाट सङ्क्रमित हुने विश्वभरिका देशहरूमध्ये भारत दोस्रो स्थानमा पुगेको छ । त्यहाँ हिजो एकैदिन ९१ हजार ७२३ नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ४२ लाख २ हजार ५६२ पुगेको छ । यसरी भारत ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा उक्लेको छ ।

    वल्र्डोमिटर्सका अनुसार भारतमा सोमबार बिहानसम्म ७१ हजार ६८७ जनाको मृत्यु भइसकेको छ । हिजोको २४ घण्टामा मात्रै त्यहाँ एक हजार ८ जनाको मृत्यु भएको थियो । यस मितिसम्म त्यहाँ ३२ लाख ४७ हजार २९७ जना निको भएर घर फर्किसकेका छन् ।

    सङ्क्रमित र मृतक दुवैको तथ्याङ्कमा प्रथम स्थानमा अहिले पनि अमेरिका नै कायम छ । त्यहाँ अहिलेसम्म ६४ लाख ५९ हजार ८४३ जना कुल सङ्क्रमित पुगेका छन्, तर भारतभन्दा धेरै कम हिजो त्यहाँ ३० हजार ७०३ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यहाँ कुल मृतकको सङ्ख्या १ लाख ९३ हजार २४६ पुगेको छ । पछिल्लो एक दिनमा त्यहाँ ४२३ जनाको मृत्यु भएको थियो । यहाँ ३७ लाख २५ हजार ९७० जना निको भएर घर फर्किसकेका छन् । यसरी तत्कालै पहिलो स्थानमा भए पनि अमेरिकामा नयाँ सङ्क्रमित र मृतकको दर घट्दै गइरहेको छ ।

    त्यस्तै, सङ्क्रमितमा दोस्रो स्थानमा रहँदै आएको ब्राजिल अब तेस्रो स्थानमा खस्केको छ । त्यहाँ पछिल्लो एक दिनमा १४ हजार ६०६ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसरी त्यहाँ अहिलेसम्मको कुल सङ्क्रमितको सङ्ख्या ४१ लाख ३७ हजार ६०६ पुगेको छ । त्यहाँ कुल मृतकको सङ्ख्या १ लाख २६ हजार ६२६ पुगेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा त्यहाँ ४५६ जनाको मृत्यु भएको छ भने ३३ लाख १७ हजार २२७ जना निको भएर घर फर्केका छन् । यसरी ब्राजिलमा पनि सङ्क्रमित र मृतक दुवैको दर घट्दै गएको देखिन्छ ।

    सङ्क्रमितको तथ्याङ्कमा चौथो स्थान रुसको छ । त्यहाँ अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १० लाख २५ हजार १९५ पुगेको छ भने कुल मृतकको सङ्ख्या १७ हजार ८२० । पछिल्लो दिन त्यहाँ ६ हजार २७५ नयाँ सङ्क्रमित थपिएका थिए भने यस अवधिमा ६१ जनाको मात्र मृत्यु भएको थियो । त्यहाँ आज बिहानसम्म ८ लाख ४० हजार ९४९ जना निको भएर घर फर्केका छन् ।

    कोभिड–१९ सुरु भएको चीनमा भने लामो समयदेखि मृतकहरू थपिएका छैनन् । सङ्क्रमितको तथ्याङ्कमा चीन ३८ औँ स्थानमा छ । त्यहाँ हालसम्म ८५ हजार १२२ जना सङ्क्रमित पुगेका छन् भने मृतकको सङ्ख्या ४ हजार ६३४ मै स्थीर छ । पछिल्लो २४ घण्टामा त्यहाँ १० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    नेपाल सङ्क्रमितको तथ्याङ्कमा ५६ औँ स्थानमा छ । हिजोसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ भने मृतकको सङ्ख्या २८९ । हिजो नेपालमा ९८० जना नयाँ सङ्क्रमित थपिएका थिए भने थप ९ जनाको मृत्यु भएको थियो । अहिलेसम्म नेपालमा २८ हजार ९४१ निको भएर घर फर्किसकेका छन् ।

    कोभिड–१९ अहिलेसम्म विश्वका स्वतन्त्र १९५ र सम्बद्ध ३९ गरी कुल २३४ देश तथा टापुहरूमध्ये २१५ देश तथा टापुमा पुगेको छ । विश्वको सबैभन्दा थोरै अङ्गोलामा जम्मा ३ जना सङ्क्रमित देखिएका छन् ।

    विश्वभरिमा आज बिहानसम्म २ करोड ७२ लाख ८२ हजार ४१७ जना कुल सङ्क्रमित छन् भने कुल मृतकको सङ्ख्या ८ लाख ८७ हजार २४७ पुगेको छ । गत एक दिनमा विश्व भरिमा २ लाख ३० हजार २४७ जना नयाँ सङ्क्रमित थपिएका थिए भने ४ हजार १०१ को मृत्यु भएको थियो ।

    सोमबार, भदौ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.