• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

ढोरपाटन र लिदी जस्ता जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा सारः राजमो


  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले हालै बागलुङको ढोरपाटनमा आएको बाढी र यसअघि सिन्धुपाल्चोकमा गएको पहिरोले ठुलो मानवीय क्षति हुनुमा सरकारको कमजोरी औंल्याएको छ ।

    Advertisement

    ती दुवै ठाउँमा ठुलो जनधनको क्षति हुनु प्रकट रूपमा प्राकृतिक विपत्ति भएपनि त्यसका पछाडि मानवीय कमजोरी वा सरकारको कमजोरी रहेको राजमोले ठहर गरेको छ ।

    शनिबार विज्ञप्ति प्रकाशित गरी राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले ‘सरकारले समयमा ध्यान दिएको भए त्यो विपत्ति र त्यहाँ भएको क्षतिलाई रोक्न सकिने उल्लेख गर्नुभएको छ । उहाँले बागलुङ र सिन्धुपाल्चोकका जस्तै जोखिमयुक्त बस्ती अन्य ठाउँमा पनि हुन सक्ने भन्दै समयमै अध्ययन गर्न र उपयुक्त ठाउँमा सार्न माग गर्नुभएको छ ।

    यस्तो छ वक्तव्य
    बाग्लुङको ढोरपाटनमा बाढीपहिरोको कारणले जनधनको ठुलो क्षति भएकोप्रति हाम्रो पार्टी स्तब्ध भएको छ । त्यसबारे हाम्रो पार्टीका अध्यक्ष का. चित्रबहादुर केसीको वक्तव्य गइसकेको छ । बाढीपहिरो पीडित जनतालाई उद्धार र सहयोगको लागि हामीहरूले सबैसित अपिल गर्दछौँ ।

    बाग्लुङको बाढीपहिरोसँग सम्बन्धित एउटा अर्को गम्भीर विषयप्रति जनता, सरकार, सबै राजनीतिक पार्टी र सङ्घसंस्थाहरू समेतको ध्यान आकर्षित गर्न यो वक्तव्य जारी गरिएको छ । बाढीपहिरोको प्रकृतिबाट यो कुराको स्पष्ट भएको छ कि प्रकट रूपमा त्यो घटना प्राकृतिक विपत्ति भएको भए पनि त्यसका पछाडि मानवीय कमजोरी वा सरकारको कमजोरी नै मुख्य रूपमा जिम्मवार छ । सरकारले समयमा ध्यान दिएको भए त्यो विपत्ति र त्यहाँ भएको क्षतिलाई रोक्न सकिन्थ्यो तर त्यहाँको अवस्थाबारे सरकारले आवश्यक ध्यान दिन नसक्दा ठुलो विपत्ति तथा त्यसबाट धनजनको धेरै क्षति हुन गएको छ ।

    २०७२ सालको भूकम्पपछि विज्ञ वा भूगर्भशास्त्रीहरूले अध्ययन गरेर अहिले बाढीपहिरो गएका स्थानहरू जोखिममा भएको र त्यहाँका बस्तीहरू त्यहाँबाट स्थान्तरण गर्नुपर्ने सुझाव दिएका थिए । तर सरकारले त्यतापट्टी ध्यान दिएन । त्यसको परिणाम स्वरूप नै अहिले त्यहाँ ठुलो क्षति पुग्न गएको छ ।

    राष्ट्रिय जनमोर्चाको पहिलेको वक्तव्यमा स्पष्ट गरिएको छ, सिन्धुपाल्चोकमा बाढीपहिराले भएको ठुलो धनजनको क्षतिको प्रकृति पनि अहिले ढोरपाटनमा भएको बाढीपहिरोको जस्तै थियो । भूगर्भशास्त्री वा अध्ययन टोलीहरूले त्यहाँका कैयौँ बस्तीहरू जोखिममा भएको र तिनीहरूलाई स्थान्तरण गर्नुपर्ने सुझाव दिएका थिए तर सरकारले त्यहाँ पनि ध्यान नदिएको कारणले ठुलो क्षति हुन पुगेको थियो । त्यही प्रकृतिको घटना अहिले बाग्लुङ्गको ढोरपाटनमा पनि दोहोरिएको छ र त्यसका लागि मुख्य रूपले सरकार नै जिम्मेवार छ ।

    देशमा सिन्धपाल्चोक वा बाग्लुङ्गको ढोरपाटनजस्ता जोखिमयुक्त बस्तीहरू अन्यत्र पनि हुन सक्दछन् । सरकारले अहिलेसम्म भएको अध्ययनको आधारमा वा आवश्यकता अनुसार अन्यत्र पनि त्यस्ता बस्तीहरूमा अध्ययन गराएर त्यस्ता जोखिमयुक्त बस्तीहरूको स्थानतरण गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । उक्त कार्य कुनै स्थानीय तहबाट हुन नसक्ने कुरा प्रस्ट छ । त्यसकारण केन्द्र सरकारले नै विस्तृत योजना बनाएर त्यस प्रकारका बस्तीहरूको अध्ययन वा स्थानतरण गर्नुपर्ने विषयमा हामीले विशेष जोड दिन्छौँ ।

    शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.