• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

उपत्यकाको अवस्था नियन्त्रण बाहिर जानसक्ने विज्ञहरुको चेतावनी


  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
  • काठमाडौं । स्वास्थ्य क्षेत्रका विज्ञहरुले एक महिना भित्र काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको शुक्रबारको बैठकमा विज्ञहरुले यस्तो चेतावनी दिएका हुन् ।

    Advertisement

    सरकारले कोरोना संक्रमण नियन्त्रण गर्ने कुरालाई खेलाँचीको रुपमा लिएको भन्दै उनीहरुले प्रभावकारी काम हुन नसके एक महिना भित्र काठमाडौं उपत्यकाको स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए।

    जनस्वास्थ्य विज्ञ कार्यकारी प्रमुख डा. महेश मास्केले चिकित्सक र नर्सहरुको जायज मागहरु पुरा गरी उत्प्रेरित गर्नुपर्नेमा सरकारले न्यूनतम स्वास्थ्य सामग्री समेत उपलब्ध नगरेर हेलचेक्रयाई गरिरहेको बताउनुभयो । न्यूनतम स्वास्थ्य सामग्र्री उपलब्ध गराउन नसक्ने सरकारले कोभिड नियन्त्रणमा छ भनेर कसरी भन्न सक्यो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले यही गतिमा काम भइराख्ने हो भने अवको एक महिना भित्रमा काठमाडौं उपात्यकाको स्वास्थ्य स्थिति नियन्त्रण भन्दा बाहिर जाने बताउनुभयो ।

    जनस्वास्थ्य विज्ञ प्रा. डा. सुजनबाबु मरहठ्ठाले स्वास्थ्य निकाय र स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित राख्ने र मनोबल कसरी बढाउने भन्ने पक्षमा व्यवस्थापन गर्न नसके भयाभह स्थिति आउनसक्ने बताउनुभयो । समुदाय स्तरमा संक्रमण रोक्न नसकेको अवस्थामा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण फैलने स्थिति आए संकट आउन सक्ने उहाँले बताउनुभयो ।

    संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्य संस्थाहरुमा नै कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि तयार भएको आधारभूत मापदण्डको पालना नभएको बताउनुभयो । कतिपय अस्पतालमा विरामी आउँदैनन भन्दै पीसीआर परीक्षण नै नगरेको पनि उहाँले बताउनुभयो । यसबाहेक मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्ने, पीपीईको प्रयोग राम्रोसँग गर्ने लगायतका काम अझैपनि हुन नसकेको उहाँले बताउनुभयो । सरकारले आवस्यक अनुगमन नगर्दा अस्पतालहरुले कोभिड रोकथामको मापदण्ड कार्यान्वयन नगरेको उहाँको भनाई छ ।

    आयुर्वेदिक तथा वैकल्पिक चिकित्साका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोभिडबाट त्रसित भई घरमा बस्ने र जडिबुटी खाएका नेपाली भन्दै बाहिर निस्कने प्रवृतिले समस्या आएको बताउनुभयो । उहाँले परप्परागत रुपमा एन्टीभाइरल औषधिको रुपमा प्रयोग हुँदै आएका जडिबुटी सम्बन्धमा अनुसन्धान हुनुपर्ने बताउनुभयो । कोरोनासँगै जिउनको लागि के खाने भन्ने सम्बन्धमा अनुसन्धान हनुपर्ने पनि उहाँको भनाई छ । नेपालीहरुको भान्सामा प्रयोग हुने मसला तथा अन्य खाद्य जडिबुटी सम्बन्धमा पनि अनुसन्धान हुनुपर्ने आवस्यकता रहेको उपाध्यायले बताउनुभयो ।

    पछिल्लो समय उपत्यका लगायतका विभिन्न जिल्लामा समुदाय स्तरमा संक्रमण फैलन थालेपछि स्थानीय जिल्ला प्रशासन कर्यालयबाट निषेधाज्ञा जारी हुँदै आएकोछ । यस्तो अवस्थामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारबाहीको सम्बन्धमा आज शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित उपसमितिको बैठकमा छलफल भएको हो । छलफलका क्रममा विज्ञहरुले अहिले अवलम्बन गरिएको रोकथामको विधिहरुले संक्रमणलाई नियन्त्रणमा राख्न नसक्ने भन्दै अझ प्रभावकारी रुपमा काम गर्न सुझाव दिएका छन् ।

    शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.